बिहीबार, चैत १५, २०८०

नेपाली राजदूत र कुवेती व्यापारिक व्यवस्थापकबीच भेट वार्ता

मेरोन्यूज २०७८ भदौ ३१ गते १९:०२

काठमाडौँ । कुवेतका लागि नेपाली राजदूत र कुवेतमा रहेका व्यापारिक प्रतिष्ठानका व्यवस्थापकहरूबीच भेट वार्ता भएको छ । नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र चार कुवेती कम्पनीका व्यवस्थापकबीच भेट वार्ता भएको हो ।

भेटमा दुई देशबीचको उत्पादन, निर्यात तथा आयातका बारेमा छलफल भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । वार्तामा नेपालीहरूका लागि प्राप्त भइरहेका र हुन सक्ने रोजगारीका अवसरलगायतका विषयमा छलफल भएको थियो ।

यसै क्रममा कुवेत च्याम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका डिपुटी डाइरेक्टर हमद अल ओमरसँग समेत भेट भएको थियो । भेटमा कुवेतमा नेपाली सामग्रीको निर्यात, नेपालमा लगानीलगायत आपसी विकास तथा उन्नत्ति, व्यापारिक सम्बन्धलाई थप गतिशिल र परिणाममूखी बनाउने विषयमा कुराकानी भएको थियो ।

Advertisement

प्रतिक्रिया