मंगलबार, चैत ६, २०८०

राजनीतिमा प्रतिगमन भएको छ, दक्षिणपन्थीहरु छिट्टै हार्नेछन् : बादल

मेरोन्यूज २०७८ भदौ ३१ गते १४:२७

काठमाडौं । नेकपा एमालेको बागमति प्रदेश इन्चार्ज तथा स्थायी कमिटि सदस्य रामवहादुर थापा (बादल)ले देशमा अहिले राजनीतिक प्रतिगमन भएको र त्यसमा दक्षिणपन्थीहरु लागेपनि यो धेरै समय नटिक्ने वताएका छन् । उनले दक्षिणपन्थीहरुले कम्युनिष्ट आन्दोलनको मूलधार रहेको एमालेलाई राज्यको राजकीय सत्तावाट केही समय विमुख बनाउन सफल भएपनि त्यो धेरै समय नटिक्ने वताएका हुन।

नेकपा एमाले काठमाडौं जिल्लाको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गदै नेता बादलले दक्षिणपन्थीहरुको विरुद्ध वैचारिक राजनीतिक संर्घषलाई तिव्र बनाएर संर्घषलाई सदन र सडकवाट अगाडी बढाउँदै लग्दा राजकीय सत्तामा एमालेलाई छिट्टै स्थापित गर्न सफल हुने विश्वास ब्यक्त गरे ।

‘राजनीतिक मोर्चामा प्रतिगामी दक्षिणपन्थीहरु सफल भएका छन् । त्यो अस्थायी हो । उनीहरुको यो अवस्था धेरै दिन टिक्ने छैन । दक्षिणपन्थीहरुको विरुद्ध वैचारिक राजनीतिक संर्घषलाई तिव्र बनाएर संर्घषलाई सदन र सडकवाट अगाडी बढाउदै राजकीय सत्तामा एमालेलाई स्थापित गर्न सफल हुनेछौं,’ वादलले भने ।

एमालेको अहिलेको रुप २००६ सालको नेकपा र ०७५ को नेकपाकै विकसित रुप

बादलले अहिलेको एमाले भनेको २००६ सालको नेकपा र २०७५ जेठ ३ मा दुई कम्युनिष्ट पार्टी वीच एकता भएको नेकपाको विकसित रुप भएको बताए । उनले एमाले केन्द्रीय समिति बैठकले अहिले त्यही संश्लेषण गरेको र त्यो सही भएको भन्दै यसलाई नेपालको कम्युनिष्ट आन्दोलनको मूलप्रवाहको धाराका रुपमा वुझनु पर्ने बताए ।

Advertisement

नेकपा बनेदेखि पार्टीभित्र पुँजीवादी दक्षिणपन्थी धारा र समाजवादी धारका वीचमा अन्तरसंर्घष चलेको र दक्षिणपन्थी विर्सजनवादी धारा अहिले पार्टीबाट अलग भएको र समाजवादी धाराले दक्षिणपन्थी धारालाई विजय प्राप्त गर्न सफल भएको बादलको भनाई थियो । राजनीतिक सत्तामा कम्युनिष्ट पार्टीलाई राजनीतिक षडायन्त्रवाट परमादेशको आदेशको भरमा विमुख बनाएपनि यो राजनीतिक प्रतिक्रान्तिलाइ एमालेले संगठीत भएर परास्त गरि छोडने उनले वताए ।

मदन भण्डारीको हत्या राजनीतिक कारण

नेता बादलले मदन भण्डारी र जीवराज आश्रितको राजनीतिक कारणले हत्या नै भएको जिकिर गरेका छन् । उनले भने,-‘मदन आश्रितको हत्या २०५० सालमा किन भयो ? त्यसको पछाडी राजनीतिक कारण छन् । इतिहास हेर्दा राजनीतिक विचार, जुन कार्यक्रम मदन भण्डारीले जवजको नाममा अगाडी सार्नुभयो, त्यो राजतन्त्रको विरुद्धमा थियो, गणतन्त्रको पक्षमा थियो । साम्राज्यवादको विरुद्धमा थियो । राजालाई आफ्नो श्रीपेज फुकालेर राजनीतिक प्रतिस्पर्धामा आउन गरेको भाषण चर्चित नै छ । यसले पनि देखाउँछ ०५० सालमै मदन आश्रितको हत्या किन भयो हेर्नुपर्छ,’ नेता रामवहादुर थापा (बादल)ले भने ।

प्रतिक्रिया