मंगलबार, चैत ६, २०८०

कांग्रेसको १४ औं महाधिवेशन

गगनको ‘सेकेन्ड इनिङ्स’ र विश्वप्रकाशको ‘डेब्यू’

सञ्जिता खनाल २०७८ भदौ ३१ गते १३:२५


काठमाडौं । नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ । कांग्रेसको महामन्त्रीमा अहिलेसम्म गगन थापा र विश्वप्रकाश शर्माले मात्र औपचारिक उम्मेदवारी घोषणा गरेका छन् । आकाक्षी त धेरै छन, तर घोषणा गर्नेमा विश्वप्रकाश र गगन मात्र अहिलेसम्म देखिएका छन् ।

थापाले गत भदौ १४ गते आफ्नै निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्वर ४ अन्तर्गत पर्ने काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा भएको कार्यक्रमबाट आफू महामन्त्री पदमा लड्ने औपचारिक घोषणा गरे । गत भदौ १७ गते पार्टी मुख्यालय सानेपामा इतर समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा गगन पनि उपस्थित थिए ।

पौडेल पक्षको पत्रकार सम्मेलनमा उनको उपस्थितिले पनि उनी अव सिटौला समुह छोडेर रामचन्द्र पौडेल समुहमा आफ्नो कित्ता क्लियर गरेको अर्थमा कांग्रेसभित्र लिन थालिएको छ ।

तर थापाले आफुले समुह परिवर्तन नगरेको र पौडेल समुहमा सिटौलाई पनि जोड्ने प्रयासमा रहेको बताए । उनले भने,–‘संस्थापन इतर समुहबाट एउटा साझा सभापतिको उम्मेदवार बनाउँने प्रयासमा रहन्छु ।’ तर सिटौला गगनसँग रुष्ट रहेको सिटौला निकट एक नेताले बताए । ति नेताले सिटौलालाई उदृत गदै भने – ‘समुहमा गद्धार गर्ने काम गगनले गरेका छन्, अव उनी अघि कसरी बढ्छन् ।’


यता, विश्वप्रकाशले पनि गगनले उम्मेदवारी घोषणा गरेको ठिक १० दिनपछि अर्थात ९भदौं २४ गते० बीपी जयन्तीको अवसर पारेर सुन्दरीजलस्थित बीपी संग्रहालयमा आयोजित कार्यक्रममा ‘ज्योतिषी साइत’ हेरेरै आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

Advertisement

विश्वप्रकाशले उम्मेदवारी घोषणा गर्नुभन्दा केही दिनअघि मात्र प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई आफुले महामन्त्री घोषणा गर्न लागेको बालुवाटार पुगेर नै जानकारी गराएका थिए । देउवाको भनाई उदृत गदै एक नेता भन्छन्,–‘विश्वप्रकाशजी ले महामन्त्री उठ्ने भन्दा शेबहादुर दाईले खासै प्रतिक्रिया दिनुभएन । सन्तुष्ट नभजसरी उठ्न न यार मात्र भन्नु भयो ।’

कांग्रेसले पछिल्लो पटक संशोधन गरेको विधानअनुसार दुई वटा महामन्त्री प्रत्यक्ष निर्वाचनमार्फत् चयन हुने व्यवस्था छ ।

गगनको लक्ष्य महामन्त्रीको कुर्सी

२०७२ सालमा भएको १३ औं महाधिवेशनमा गगन सिटौला समुहबाट महामन्त्री उठेका थिए । उनले पौडेल समुहका शंशाक कोइराला र देउवा समुहका आफ्नै ससुरा अर्जुननरसिंह केसीसँग भिडेका थिए । त्यसबेला पौडेल समुहका महामन्त्री पदका उम्मेदवार कोइराला विजयी भए भने देउवा पक्षका केसी र सिटौला पक्षका थापा पराजित भए ।

केसी र थापा ज्वाँई–ससुरा नै अहिले संस्थापनइतर समूह पौडेल निकट देखिएका छन्। अबको कांग्रेस वुढा पुस्ताले भन्दा पनि युवा पुस्ताले नेतृत्व गर्नुपर्ने भन्दै १३ औं महाधिवेशनमै गगनले पार्टी नेतृत्व युवामा हस्तान्तरणको बहस चलाएका थिए । भलै त्यसबेला उनी नेतृत्वमा पुग्न सकेनन ।
त्यही एजेण्डा आज पनि गगनसँग छ । उनी दोस्रो इनिङका रुपमा महामन्त्रीमै उम्मेदवारी दिँदैछन् । तर विश्वप्रकाश अहिले मात्रै पार्टीको अवको महाधिवेशनवाट नेतृत्व पुस्तान्तरण गर्नुपर्ने भनिरहेका छन् । त्यसैले पार्टी महामन्त्रीको उम्मेदवारमा गगन ‘सेकेन्ड इनिङ्स’ गदैछन भने विश्वप्रकाश ‘डेब्यू’ मादैछन् ।

अब पनि गगन सिटौला समुहबाट महामन्त्रीमा मैदान ओर्लन चाहँदैनन । त्यस कारण उनले समुह नै परिवर्तन गरेर १४ औँ महामधिवेशनमा मैदानमा जाँदैछन् । उनले खुलेर नभने पनि उनको अहिले पौडेल समुहका शेखरसँग झुकाब बढी देखिन्छ ।

देउवा समुहका नेताहरु भन्छन् – ‘विश्वप्रकाश जीको बार्गेनिङ’

कांग्रेस राजनीतिमा कतिपयले प्रवक्ता विश्वप्रकाशलाई ‘सानो बीपी’ भन्ने गरेका छन् । विश्वप्रकाश अबको १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा नै गरेका छन् । तर देउवा समुहबाटै महामन्त्री पदमा सहमहामन्त्री डा प्रकाशशरण महत, गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक र एनपी साउद पनि आकांक्षी छन् ।

यसअघि नै विश्वप्रकाशले आफू प्रवक्ताबाट रिटायर्ड हुन नआएको भन्दै चुनावी मैदानमा तपाईहरुले देख्नु हुने बताउँदै आएका थिए । यता अरुले घोषणा गर्नुभन्दा अघि नै विश्वप्रकाशले महामन्त्री घोषणा गरेर त्यो स्थान आफ्नो लागि सुरक्षित बनाउन खोजेको आशंका देउवा निकट अन्य नेताहरुको छ ।

देउवा समुहका महामन्त्रीको उम्मेदवारी घोषणा गर्ने तयारी गरेका एक नेताले नाम नखुलाउँने शर्तमा भने-‘विश्वप्रकाश पछिल्लो समय समुहबाट किनारा लाग्दै आउँनु भएको छ, उहाँले उम्मेदवारी घोषणा गरेर सस्थापनलाई केही फरक पदैन् ।”

महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको दोस्रो दिन विश्वप्रकाश अर्का सभापतिको आकांक्षी बिमलेन्द्र निधिको घरमा भएको पुजामा पुगेको तस्बिर बाहिर आएको थियो । त्यो तस्बिरले पनि महामन्त्रीमा देउवा समुहमा पाए नछोड्ने नपाए निधिसँगै अघि बढ्ने रणनीतिमा विश्वप्रकाश रहेको अड्कल काट्न सकिन्छ । तर विश्वप्रकाशले कुन समुहबाट महामन्त्री लड्ने भनेर अहिलेसम्म भनेका छैन् ।

विश्वप्रकाश कांग्रेसको निर्वाचित केन्द्रिय सदस्य पनि हुन् । १३ औँ महाधिवेशनमा प्रवक्ता हुनुभन्दा अघि विश्वप्रकाश संस्थापन ईतर समुहमा थिए । देउवाले प्रवक्ताको प्रस्ताब गरेपछि विश्वप्रकाश देउवा निकट बनेको पौडेल पक्षका नेताहरु बताउँछन् ।

विश्वप्रकाश र गगन : पहिला साथी -साथी, अहिले प्रतिस्पर्धी


विश्वप्रकाश शर्मा र गगन थापाको उमेर पनि ५ देखि ७ वर्षको फरक छ । अर्थात विश्वप्रकाश २०२७ पुष ६ गते जन्मिएका हुन् । उनीभन्दा गगन ६ वर्ष पछि २०३३ साल साउन ४ मा जन्मिए । उमेरमा जस्तै राजनीतिमा पनि गगनका सिनियर हुन् विश्वप्रकाश । यी दुई युवा नेताहरुमा रोचक त के छ भने उमेर र राजनितिमा त्यही ५ देखि ६ वर्षको फरक मात्र छ ।

विश्वप्रकाशको राजनिति सुरुवात २०४० साल अघिबाट नै भएको देखिन्छ भने । विश्वप्रकाश आफ्नै गृहजिल्लाको धुलाबारी माविको नेपाल विद्यार्थी संघको इकाई सभापति २०४० सालमै भएका थिए । गगन भने २०४६ सालको जनआन्दोलनबाट विद्यार्थी राजनिति उदाएका थिए ।

२०४७ मा झापा जिल्लाको नेविसंघको जिल्ला सभापति बनेका विश्वप्रकाश २०४८ मा केन्द्रीय सदस्य हुँदै क्रमशः महामन्त्री, उपसभापति भएर २०५७ सालको आठौं महाधिवेशनवाट विद्यार्थी संगठनको केन्द्रीय सभापति बने । गगनलाई आठौंमा विश्वप्रकाश शर्माले उपाध्यक्ष बनाएका थिए । त्यसपछि नवौंमा गुरुराज घिमिरेको पालामा गगन महामन्त्री बनेका थिए । ०६२/०६३ को जनआन्दोलनका बेला उनी गणतन्त्रको पक्षमा वकालत गरेकोमा निक्कै चर्चामा थिए ।

पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले गणतन्त्रको वकालत गरेकोमा उनको आलोचना गदै ‘दरवारिया’ सम्मको आरोप पनि लगाएका थिए । कालान्तरमा उनै गिरिजाप्रसादले उनलाई ०६४ मा समानुपातिकतर्फबाट संविधानसभामा लगे । उनी दोस्रो संविधान २०७० र प्रतिनिधीसभा चुनाव २०७४ मा गरी दुई पटक उनी काठमाडौं ४ वाट प्रत्यक्ष निर्वाचित सांसद भएका थिए । यो वीचमा उनले स्वास्थ्य मन्त्रीको समेत एकपटक जिम्मेवारी सम्हालिसकेका छन् ।

विश्वप्रकाश र गगनमा धेरै विशेषता समान प्रकारका छन् । कुनै पनि विषयमा यी दुबै नेता तत्काल धारणा बनाउँन सक्ने तथा स्पष्ट बोल्न सक्ने क्षमता भएका नेतामा मानिन्छन् । यी दुबैमा कलात्मक भाषणशैलीका कारण पार्टीभित्र मात्र हैन् कि बाहिर पनि उतिकै प्रशंसक छन् ।

गएको संविधान सभा चुनाबमा विश्वप्रकासले गगनको निवार्चन क्षेत्रमा गएर मत मागेका थिए भने विश्वप्रकाशको निवार्चन क्षेत्रमा गएर गगनले मत मागेका थिए । विश्वप्रकाश र गगनबीच सम्बन्ध पनि निकै राम्रो रहेको उनीहरु निकट नेताहरु बताउँछन् । तर अबको १४ औं महाधिवेशनमा यी दुई आफै प्रतिस्पर्धी उम्मेदवार बन्ने निश्चत भएको छ । प्रतिस्पर्धा पनि अन्य नेताहरुसहित यी दुईको रोचक नै हुने देखिएको छ । किनभने गगन १३ औं महाधिवेशनको महामन्त्रीको घाईते हुन् भने विश्वप्रकाश १४ औं महाधिवेशनमा महामन्त्रीमा ‘डेब्यू’ गदैछन् ।

यी दुबै नेता एक अर्कामा कति बलिया छन् ? पार्टीभित्र दुईको पकड कसको वलियो छ भन्ने पर्खन कांग्रेसको महाधिवेशननै कुर्नुपर्ने देखिएको छ ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया