शुक्रबार, वैशाख १४, २०८१

१२ जिल्लामा फेरिए सिडिओ, ४ जिल्लाका सिडिओ तानिए गृहमा (सूचिसहित)

मेरोन्यूज २०७८ भदौ ३० गते २०:०७

काठमाडौं । १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएको छन् । थप ४ जना सिडिओलाई गृहमन्त्रालयमा तानिएको छ । गृहमन्त्री बालकृष्ण खाँणको मन्त्रीस्तरीय निर्णयका आधारमा वुधबार १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरर काज सरुवा गरिएको हो भने थप ४ जना सिडिओलाई गृहमा तानिएको हो ।

ललितपुर, भक्तपुर, गुल्मी, गोरखा, मोरङ लगायतका जिल्लाका सिडिओको सरुवा भएको छ । ति स्थानमा नयाँ सिडिओलाई पठाईएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी रहेका कोशहरी निरौला, संखुवासभाका प्रमुख जिल्ला अधिकारी रहेका टेक नारायण पौडेल, दोलखाका प्रमुख जिल्ला अधिकारी रहेका वाशुदेव घिमिरे र ललितपुरका प्रमुख जिल्ला अधिकारी रहेका ढुण्डीराज निरौलालाई गृहमन्त्रालयमा तानिएको छ ।

बालकृष्ण खाँण गृहमन्त्रीमा आएपछि सम्भवतः तेस्रो पटक मन्त्रीस्तरीय निर्णयका आधारमा सिडिओहरुको सरुवा गरेका हुन् । यस अगाडी उनले दुई -दुई ओटा जिल्लाका सिडिओको सरुवा गरेका थिए ।

हेर्नुहेस कुन जिल्लामा कुन सिडिओ ?

प्रतिक्रिया