बुधबार, वैशाख १२, २०८१

श्रीलंकामा खाद्य संकट मात्रै कि आर्थिक संकट पनि ?

श्रीलंकामा देखिएको पछिल्लो संकट खाद्यान्नसँग मात्रै सम्बन्धित छैन । यसलाई अर्थ व्यवस्थामाथिको कालो बादलका रुपमा पनि अर्थाउने प्रयास भएको छ ।

मेरोन्यूज २०७८ भदौ ३० गते १८:२७

अफगानिस्तानको विद्रोही समुह तालिबानले अगष्ट १५ मा सत्ताकब्जा गरेपछि यो विषयले दक्षिण एसियाको क्षेत्रीय राजनीतिमा निकै महत्व पाएको छ ।

तालिबानले सत्ताकब्जा गरेसँगै त्यहाँ शासन गर्दै आएका राष्ट्रपति अश्रफ घानीले अफगानिस्तान छोडेका हुन् । अफगानिस्तानमा अमेरिकी सेना करीब २० वर्ष रहँदा शुरुवाती चरणमा हमिद कार्जायीले सत्ताको नेतृत्व गरेका थिए भने सन् २०१४ बाट घानी नेतृत्वको सरकार रहेको थियो ।

विद्रोही समुहले सत्ताकब्जा गर्नु पक्कै पनि ठूलो घटना हो । यद्यपि, अफगानिस्तान मसलासँगै दक्षिण एसियाको अर्को देश श्रीलंकको आन्तरिक राजनीतिमा आएको उतारचढाव पनि उत्तिकै महत्वपूर्ण छ ।

दशकौँसम्म गृह युद्धमा फसेको श्रीलंकामा यो पटक भने खाद्य संकट उत्पन्न भएको छ । यसैबीच त्यहाँको सरकारले खाद्यान्न समाग्रीको अवैध भण्डारण र कालो बजारी गरेको पाइए शक्त कदम चाल्ने घोषणा गरेको छ ।

केही अन्तराष्टिय समाचार माध्यममा प्रकाशित भएका समाग्रीलाई आधार मान्ने हो भने श्रीलंकामा देखिएको पछिल्लो संकट खाद्यान्नसँग मात्रै सम्बन्धित छैन । यसलाई श्रीलंकामा उत्पन्न हुन सक्ने अर्थ व्यवस्था माथिको कालो बादलका रुपमा पनि अर्थाउने प्रयास भएको छ । अझ भन्ने हो भने पछिल्लो घटनालाई श्रीलंकाको आर्थिक संकटका रुपमा पनि व्याख्या गरिएको छ ।

कोरोना महामारीलाई हलुका रुपमा लिएका श्रीघांली जनताका लागि पक्कै पनि यो खतराको घण्टी हो । कोरोना महामारीका दौरान श्रीलंकाको पर्यटन उद्योग ठप्प प्रायः थियो । यसका अलावा श्रीलंकाको अर्थ व्यवस्थाको निभ मानिएका वस्तुको निर्यातमा पनि निकै कमी आएको थियो ।

यसबीच, विदेशी लगानीकर्ताले श्रीलंकामा लगानी गर्न हिच्किचाएका मात्रै छैनन् की शेयर बजारबाट आफ्नो लगानी उठाउने क्रममा रहेको बताइएको छ । जसका कारण आन्तरिक बजारमा अमेरिकी डलरको तुलानामा श्रीघांली रुपैयाको मूल्यमा निकै गिरावट आयो । यो वर्ष मात्रै श्रीलंकामा अमेरिकी डलरको भाऊ करीब ७ दशमलव ५ प्रतिशतले बढेर महंगो भएको छ । अर्कोतर्फ अगष्ट महिनामा मात्रै श्रीलंकामा महंगी दर ६ प्रतिशतले बढेको बताइएको छ ।


आन्तरिक बजारस्थितिको जानकारी लिनुभन्दा पहिला श्रीलंकामा भारतीय रुपौँयाको सटही दर कति छ भनेर जानकारी लिन अावश्यक छ । श्रीलंकामा भारतीय १ रुपैया बराबर २ दशमलव ७५ श्रीलंकाली रुपौँया हुन्छ ।

यस्तै अमेरिकी डलरको सटही दर १ अमेरिकी डलर बराबर दुई सय श्रीलंकाली रुपौँया हुन्छ । राजधानी कोलम्बोमा बढेको महंगाई दर देखाउन एक सरकारी वेबसाइटले सन् २०२० अगष्ट र अगष्ट २०२१ को बजार भाऊको तुलनात्मक अध्ययन गरेको छ । एक किलो हरियो मुंगको दाल ३ सय ४१ रुपौँयाबाट बढेर सिधैँ ८ सय २८ रुपैया पुगेको अध्ययनले देखाउँछ ।

यस्तै प्याजको मूल्य २ सय १९ रुपैयाबाट बढेर ३ सय २२ रुपै‌या पुगेको छ । यस्तै चिनिको मूल्य १ सय ३५ रुपैयाबाट बढेर २ सय २० रुपैया , काऊली चनाको मूल्य २ सय ४० बाट ३ सय १४ रुपैया पुगेको छ । यसरी हेर्दा धेरैजसाे समानको मूल्य ३० देखि २ सय प्रतिशतसम्म बढेको देखिन्छ ।


मूल्य बढेसँगै समानको अभाव पनि हुन थालेको छ । केही अन्तर्राष्टिय समाचार माध्यमले समान लिन मानिसले लामो लाइन बस्नु परेको बताएका छन् ।

श्रीलंका पूर्णतया आयातमा निर्भर देश भएका कारण पनि समान अभावको प्रभाव बढी देखिएको हो । समान अभावको अर्को कारण भनेको विदेशी मुद्रामा आएको कमी हो ।

२०१९ नोभेम्बरमा जब गोताबाया राजापाक्षे नेतृत्वको सरकार बनेको थियो त्यस बखत श्रीलंकासँग करीब ७ दशमलव ५ अर्ब अमेरिकी डलर भण्डारण थियो । य वर्षको जुलाई अन्तिमसम्म त्यो २ दशमलव ८ अर्ब अमेरिकी डलरमा झरेको छ ।

यस्तै पछिल्लो समय श्रीलंकाको मुद्रा २० प्रतिशतले कमजोर भएको बताइन्छ । यही समयमा विश्वभर नै समानको मूल्य आकाशिएको छ ।

श्रीलंकाका बैंकहरुले आयातका लागि आवश्यक पर्ने डलर आफूसँग सञ्चित नभएको बताउन थालेका छन् । केही समय यता सरकारी अधिकारीहरुले खाद्य र चीनी गोदाममा छापा मारेर भण्डारणमा रहेको मौजाद समाग्री जफत गर्न थालेका छन् ।

समाचारहरुमा जनाइए अनुसार हालसम्म करीब हजारभन्दा बढी छापा मारिएको छ । योसँगै सरकारी अधिकारीहरुले नै खाद्यान्न समाग्रीको मूल्य तय गर्न थालेका छन् ।

यसैबीच, श्रीलंकाली राष्टपति राजापाक्षेले केही समय पहिला अत्यावश्यक समाग्रीको मूल्यमा नियन्त्रण गर्न सरकारी अधिकारीहरुलाई आदेशसमेत दिएका थिए ।


यो संकट आकस्मात आएको भने होइन । कोरोना महामारीसँगै आएको हो । करीब २ दशमलव १ करोड जनसंख्या रहेको यो देशमा दैनिक २ हजारभन्दा बढीमा कोभिड देखिएको छ । केही समयअघि मात्रै कोभिड नियन्त्रणका लागि देशभर कोरोना करफयूु लगाइएको थियो । कोरोना कालमा देशको निर्यात व्यवस्थामा निकै ठूलो असर परेको देखिन्छ ।

यद्यपि, जुलाई महीनामा निर्यात दर कोभिडअघिको अवस्थामा पुगेको थियो । तर, पनि श्रीलंकाली मुद्र्रको गिर्दाे अवस्थाका कारण त्यसले कुनै फाइदा पुर्याउँन सकेन । यस्तो अवस्थामा श्रीलंकामा विदेशबाट आउने समानको बिल भरपाई गर्न समेत उसलाई मुश्किल भई रहेको छ । जसका कारण विदेशबाट आयात हुने केही खाद्यान्न र पेय पदार्थमा बन्देज लगाईएको छ । केही समयअघिको घटना हो सरकारका एक मन्त्रीले पेट्रोल खपत कम गर्न सवारी सधान कम चलाउन आम नागरिकसँग आग्रह गरेका थिए ।


संकट यतिमा मात्रै सीमित छैन । श्रीलंकासँग अन्तर्राष्टिय ऋणको ठूलो भारी छ । अनुमान के गरिएको छ भने आगामी चार पाँच वर्षसम्म श्रीलंकाले ब्याजमा मात्रै प्रत्येक वर्ष चारदेखि पाँच अर्ब अमेरिकी डलर खर्च गर्नुपर्नेछ । ब्याज तिर्न नसक्ने अवस्थामा श्रीलंका पुग्ने सम्भावना अत्याधिक छ ।


(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया