शुक्रबार, वैशाख १४, २०८१

उज्वेकिस्तान पुगेको नेपाली महिला खेलाडी क्वारेन्टिनमा

मेरोन्यूज २०७८ भदौ ३० गते १४:४९

काठमाडौं । एएफसी महिला एसिया कप २०२२ छनोट खेलका लागि उज्वेकिस्तानको तास्केन्त पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टोली क्वारेन्टिनमा बसेको छ ।

नेपाली महिला टिम सोमबार राति ११ बजे काठमाडौंबाट उज्वेकिस्तान प्रस्थान गरेको थियो ।

तास्केन्त पुगेलगत्तै टोलीको पीसीआर परीक्षण गर्न स्वाबको नमूना सकंलन गरिएको र पीसीआरको रिपोर्ट नआएसम्म होटल क्वारेन्टिनमा रहने जनाइएको छ ।

लामो यात्रा गरेका कारण पनि खेलाडीहरुलाई विश्राम आवश्यक रहेको छ ।

समूह एफमा रहेको नेपालले असोज २ गते फिलिपिन्स तथा असोज ५ गते हङकङको सामना गर्नेछ ।

प्रतिक्रिया