मंगलबार, चैत ६, २०८०

कांग्रेसमा थप ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगियो

मेरोन्यूज २०७८ भदौ ३० गते ११:११


काठमाडौं । नेपाली कांग्रेसले वडा अधिवेशन सुरू नभएका २१ जिल्लामध्ये ८ जिल्लामा विवाद समाधान गरेको छ। मंगलबार काभ्रे, सिन्धुपाल्चोक, मोरङ, मोहत्तरी, बर्दिया, पर्सा, कैलाली बाजुराको विवाद मिलेको क्रियाशील टुङ्ग्याउन गठित समितिले जनाएको छ ।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ८ जिल्लाको नामावली आएकोले सम्भवत आज पार्टी वेबसाइटबाट सार्वजनिक गरिने बताए।
कार्यतालिका अनुसार १८ भदौमा ७७ जिल्लाको वडा अधिवेशन गर्ने भनिएपनि हालसम्म ५६ जिल्लाको मात्र सम्पन्न भएको छ । कांग्रेसले पहिलो चरणमा ५६ जिल्लाका वडामा अधिवेशन गरेको छ। असोज ५ गते बाँकी २१ जिल्लामा अधिवेशन गर्ने तयारी छ।


पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा भएको वडा अधिवेशन भने विवादित बनेको छ । संस्थापन इतर समूहले डडेलधुराको वडा अधिवेशन पुनः गराउन माग गरिरहेको छ ।


कांग्रेसले भदौ १८ मा देशभरका छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भने पनि क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान गर्न सकेको थिएन। कांग्रेसको महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ।


Advertisement

प्रतिक्रिया