शुक्रबार, चैत १६, २०८०

तालिबानका शीर्ष नेताबीच विवाद र भनाभन

मेरोन्यूज २०७८ भदौ ३० गते ८:२७

काठमाडौँ । तालिबानका शीर्ष नेताहरुबीच गम्भीर विवाद र भनाभन भएको छ । तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर र मन्त्रिपरिषद्का एक सदस्यबीच भनाभनको अवस्था आएको हो ।

गएको हप्ताको अन्त्यतिर तालिबानका शीर्ष नेताहरुबीच अफगानिस्तानको राष्ट्रपति भवनमा भएको बैठकको क्रममा चर्काचर्की भएको अन्तराष्ट्रिय सञ्चार माध्यम बिबिसीले प्रकाशित गरेको छ ।

पछिल्ला केही दिनहरुमा बरादरी सार्वजनिक रुपमा नदेखिएपछि तालिबानको नेतृत्वमा विवाद रहेको हुन सक्ने अपुष्ट खबरहरु आएका थिए ।

उनको मृत्यु भएको दाबी पनि गरिएको थियो । तर आधिकारिक रुपमा तालिबानले विवादको कुरा अस्वीकार गर्दै आएको छ । तालिबानले बरादर जीवित रहेको बताएको छ ।

गएको अगस्ट १५ मा तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रण कायम गरेको थियो । त्यसपछि तालिबानले अफगानिस्तानलाई ‘इस्लामिक इमिरेट्स’ घोषणा गरेको छ ।

Advertisement

प्रतिक्रिया