शुक्रबार, चैत १६, २०८०

अपहरणको आरोपमा सांसद वलीले दिइन् शंकर पोखरेलविरुद्ध प्रहरीमा जाहेरी

मेरोन्यूज २०७८ भदौ २९ गते २३:१५

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वलीले पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध प्रहरीमा निवेदन दिएकी छन् ।

आफूलाई अपहरण तथा शरीर बन्धक बनाएको भन्दै सांसद वलीले पोखरेलसहित लुम्बिनी प्रदेश नेकपा (एमाले) का प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरुद्ध प्रहरीमा निवेदन दिएकी हुन् ।

खत्रीले प्रहरी कार्यालय बुटवलका प्रमुख नायब उपरक्षिक (डिएसपी) मदन कुँवरलाई किटानी जाहेरी बुझाएकी हुन् । डिएसपी कुँवरले घटनाको शुरुवात भएको स्थान दाङमै उजुरी दर्ता गर्ने वातावरण मिलाउने प्रतिबद्धतासहितको पत्र दिएका खत्री र घर्तीलाई दिएका छन् ।

साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री भएका बेला दाङबाट ल्याएर बन्धक बनाएको आरोपसहित सांसद वलीले इलाका प्रहरी कार्यालय बुटवलमा सोमबार निवेदन दिएकी हुन् । तर बुटवल प्रहरीले घटनास्थल दाङ भएकोले त्यहींबाट निवेदनको प्रक्रिया अगाडि बढाउने बताएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन आएको पुष्टि गर्दै दाङ प्रहरीमार्फत प्रक्रिया अगाडि बढाउन डिएसपी कुँवरलाई सुझाव दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख मनोज केसीले वलीले जानकारी दिएका छन् । उक्त निवेदन मंगलबार साँझसम्म दाङ पठाइएको छैन ।

Advertisement

जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी नआएको प्रमुख प्रहरी उपरक्षिक (एसपी) सुरेशप्रसाद काफ्लेले मेरोन्यूजलाई जानकारी दिए । उनले भने,‘बुटवलमा परेको छ रे भन्ने कुरो आएको छ तर जाहेरी यता आईसकेको छैन ।’

प्रतिक्रिया