बुधबार, वैशाख १२, २०८१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो बढी सुन सहित २ जना पक्राउ

मेरोन्यूज २०७८ भदौ २९ गते २०:४९

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको गरगहनासहित दुई जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले तीन किलो तीन सय ६० ग्रामसुनसहित कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारीलाई पक्राउ गरेको हो।

आन्तरिक उडानबाट विराटनगर जान लागेका उनीहरुको साथबाट तीन किलो तीन सय ६० ग्राम सुन बरामद गरेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

सुरक्षा कार्यालयका अनुसार काठमाडौंबाट श्री एयरलाइन्समा विराटनगर जान लागेका उनीहरुको ब्याग एक्सरे मेसिनमा चेक गर्दा सुन देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

बरामद सुनको बजार मूल्य अन्दाजी दुई करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ हुन्छ । उनीहरुलाई थप अनुसन्धानको लागि राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा पठाएको सुरक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया