शुक्रबार, वैशाख १४, २०८१

प्राडा प्रेमराज पन्तलाई ‘ईश्वरीलाल श्रेष्ठ पुरस्कार’

मेरोन्यूज २०७८ भदौ २९ गते २१:४०

काठमाडौं । प्रा डा प्रेमराज पन्त प्रा ईश्वरीलाल श्रेष्ठ २०७८, पुरस्कारबाट सम्मानित भएका छन् ।

६८औँ वाणिज्य दिवसका अवसरमा ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले यस वर्षको प्रा ईश्वरीलाल श्रेष्ठ २०७८, पुरस्कार पन्तलाई प्रदान गरेको हो ।

व्यवस्थापन संकायका पूर्वडिनसमेत रहेका प्रा डा पन्तले नेपालको वाणिज्य शिक्षामा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै मंगलबार एक कार्यक्रमकाबीच पुरस्कार प्रदान गरिएको हो र्। पुरस्कार स्वरुप ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले पन्तलाई सरस्वतीको मूर्ति र सम्मानपत्र पनि प्रदान गरेको छ ।

सोही कार्यक्रममा प्रा डा प्रचण्ड प्रधानले वाणिज्य क्षेत्रमा ईश्वरीलालले पु¥याएको योगदानको कदर गर्दै प्रतिष्ठानलाई १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरेका थिए ।

प्रतिष्ठानले यो पुरस्कार विगत तीन वर्षदेखि प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया