बिहीबार, चैत १५, २०८०

एक दिवसीय क्रिकेटमा आसिफ उच्च रन बनाउन सफल

मेरोन्यूज २०७८ भदौ २९ गते २०:१९

काठमाडौं । आसिफ शेख एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च रन बनाउने ओपनिङ ब्याट्सम्यान बन्न सफल भएका छन् ।

विश्वकप लिग–२ मा ओमानविरुद्धको खेलमा उनी मात्र १० रनले शतक बनाउन चुके । यद्यपि आसिफ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च रन बनाउने नेपाली खेलाडी बनेका छन् ।

ओमानको मस्कटस्थित अल अमरेतमा जारी खेलमा आसिफ ९० रन बनाए । आसिफले १ सय १२ बल खेल्दै एक छक्का र ७ चौकाको मद्दतमा ९० रन जोड्न सफल भए ।

योसँगै एकदिवसीय खेलमा आसिफ दोस्रो उच्च रन बनाउन सफल भएका छन् । यसअघि सन् २०१९ पारस खड्काले संयुक्त अरब इमिरेट्सविरुद्ध १ सय १५ रन बनाएका थिए ।

२० वर्षीय ब्याट्सम्यान आसिफ घरेलु टी– ट्वान्टीमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी पनि हुन् । अमेरिकाविरुद्ध सोमबार भएको खेलमा आसिफले २३ रन बनाएका थिए ।

प्रतिक्रिया