शनिबार, वैशाख ८, २०८१

नेपालले दियो अमेरिकालाई १९८ रनको लक्ष्य

मेरोन्यूज २०७८ भदौ २९ गते २०:०९

काठमाडौं । क्रिकेट विश्वकप लिग–२ को दोस्रो खेलमा नेपालले अमेरिकासामु १९७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल अमिरात मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा अलआउट हुँदै १९६ रन बनाएको हो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९० रन बनाए । आसिफ शेख शतक बनाउन नसके पनि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च रन बनाउने ओपनिङ ब्याट्सम्यानको बनेका छन् ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २१, रोहित पौडेलले २०, सन्दीप लामिछानेले १६ रन बनाए भने अन्तिम विकेटका रुपमा आउट भएका करण केसीले २१ रन बनाए । एक रन बनाएका सुशान भारी नटआउट रहे । ओमानका लागि बिलाल खानले सर्वाधिक ४ विकेट लिएका थिए ।

प्रतिक्रिया