बिहीबार, वैशाख १३, २०८१

नेपाल टेलिकमको ‘नमस्ते पे’ आजबाट सञ्चालनमा

इन्टरनेटबिना नै पैसा तिर्न मिल्ने

मेरोन्यूज २०७८ भदौ २९ गते १८:५९

काठमाडौं । नेपाल टेलिकमले अनलाइन भुक्तानी सेवा ‘नमस्ते पे’ मंगलबारबाट सञ्चालनमा ल्याएको छ ।

इन्टरनेटबिना नै पैसा तिर्न मिल्नेगरी शुरु गरिएको डिजिटल प्रणाली नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयूक्त लगानीमा नेपाल डिजिटल पेमेन्ट कम्पनीले आफ्नो ‘नमस्ते पे’ सेवा सुरु गरेको हो ।

यो एप केही महिनादेखि आन्तरिक परीक्षणमा रहेको र मंगलबारबाट नै सञ्चालनमा आएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

उनले सुरुवाती समयमा केही सीमित भुक्तानीका विकल्प मात्र उपलब्ध हुनुका साथै वालेटमा रकम लोड गर्न सकिने गरी केही बैंकलाई जोडिएको छ ।

त्यसैगरी प्रयोगकर्ताले मोबाइल एप तथा यूएसएसडी कोडमार्फत भुक्तानी गर्न सकिने प्रबन्ध निर्देशक अधिकारीले बताए ।

सुरुवाती चरणमा मोबाइल तथा इन्टरनेट सेवाको भुक्तानी, विद्युत तथा पानीको बिल भुक्तानी लगायतका सेवा उपलब्ध हुनेछन् । मर्चेन्टका लागि कुनै एउटा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) सँग सम्झौता भइसकेको टेलिकमले जनाएको छ ।

कम्पनीका सिइओ कृष्ण भण्डारीले हालका लागि सीमित सेवासहित नमस्ते पे सञ्चालनमा ल्याइएको र क्रमिक रुपमा सेवाको दायरा बढाउँदै लगिने जानकारी दिए ।

प्रतिक्रिया