बिहीबार, चैत १५, २०८०

स्वास्थ्यमा कर्मचारी हेरफेरः ट्रमा सेन्टरमा डा.जोशी, सञ्चार केन्द्रमा शर्मा

मेरोन्यूज २०७८ भदौ २९ गते १८:२८

काठमाडौं । सरकारले ट्रमा सेन्टरको निर्देशकमा डा. प्रमोद जोशीलाई नियुक्त गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डा.जोशीलाई निर्देशकमा नियुक्त गरेका हुन् । हाडजोर्नी रोग विशेषज्ञ डा. जोशी १० औं तहका कर्मचारी हुन् ।

यसअघिका ट्रमा निर्देशक डा सन्तोष पौडेललाई कान्ति बाल अस्पतालमा सरुवा गरेको छ । उनको काज भने ट्रमा सेन्टरमा नै राखिएको छ ।

त्यसैगरी, स्वास्थ्य सेवा विभाग राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको निर्देशकमा स्वास्थ्य शिक्षा समूहका सुनील शर्मालाई जिम्मेवारी दिइएको छ । शर्माले पहिला पनि केन्द्रको नेतृत्व सम्मालेका थिए ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा उनलाई सो जिम्मेवारीबाट हटाएर भुमिकाविहिन बनाइएको थियो ।

केन्द्रकी निर्देशक राधिका थपलियालाई स्वास्थ्य सेवा विभागमा सरुवा गरिएको छ ।

प्रतिक्रिया