बिहीबार, वैशाख १३, २०८१

संक्रमितभन्दा निको हुने बढी, एक हजार ५८९ जना संक्रमणमुक्त

मेरोन्यूज २०७८ भदौ २९ गते १६:४६

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ५६२ जनामा कोरोना भाइरस (कोभि–१९) संक्रमण पुष्टि भएको छ । सोही अवधिमा एक हजार ५८९ जना कोरोनाबाट निको भई घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार १४ हजार ४४३ जनामा गरिएको कोरोना परीक्षणमा एक हजार ५६२ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर १९ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै देशर कूल मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ ।

प्रतिक्रिया