मंगलबार, वैशाख ४, २०८१

केडीसीले विमानस्थलमा र्‍यापीड पीसीआर ल्याव सञ्चालनमा ल्याउँदै, ३० मिनेटमै रिपोर्ट आउने

मेरोन्यूज २०७८ भदौ २९ गते १५:१४

काठमाडौं । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) ले त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा र्‍यापीड पीसीआर ल्याब स्थापना गरेको छ । उक्त ल्याब बुधबारबाट यो ल्यावबाट सेवा सञ्चालनमा आउने भएको हो ।


केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले विदेश जानेहरुका लागि लक्षित गरेर अत्याधुनिक मेसिन जडान गरी ३० मिनेटमै रिपोर्ट दिन सक्ने बताए । आफूहरुले गुणस्तरमा ध्यान दिदै अरु भन्दा छिटो, भरपर्दो र सर्वसुलभ मूल्यमा सेवा उपलव्ध गराएको उनले दावी गरे ।

केडीसीले ‘सिङवे’ नामक ब्राण्डको अत्याधुनिक मेसिनबाट सर्वसाधारणको पीसीआर जाँच गर्ने र ३० मिनेटमै नतिजा दिने बताएको छ ।

मुख तथा दन्त स्वास्थ्य सेवामा छुट्टै छवि बनाएको यस संस्थाले विगत ८ बर्ष देखि जनरल हस्पिटल समेत सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया