शुक्रबार, चैत १६, २०८०

कविता

म विद्यार्थी

बुभुत्सु सुवेदी २०७८ भदौ २९ गते १०:१६

म हुँ एक विद्यार्थी पढ्ने मेरो काम
पढि लेखि ठुलो बनि राख्छु देशको नाम
दिनभरी पढ्छु जुममा, खेल्छु साँझमा
गर्छु कुरा मिठामिठा आमाबाको माझमा

जे कुरामा पनि मैले मान्नेछैन हार
मै त होनी यो देशको कर्णधार
राम्रो राम्रो काम गर्न सधै अघि सर्छु
अशक्त र असहायलाई सहयोग पनि गर्छु

सबैजना स्कुल जाँदा कति खुसि हुन्छन्
गुरुजनको कुरालाई ध्यान दिएर सुन्छन्
मलाई त स्कुलमै जाने साह्रै मन छ
तर यो कोरोनाले घरै बस् भन्छ

कहिले होला अब फेरी स्कुलमा जाने
साथिभाई सबैसंग पढ्ने रमाउने ।।

कवि सुवेदी मिल्सबेरी स्कुलमा कक्षा ७ मा पढ्छन् ।

Advertisement

प्रतिक्रिया