बिहीबार, चैत १५, २०८०

गृहमन्त्रीको नीजि सचिवालयमा सरुवाको फन्डा

मेरोन्यूज २०७८ भदौ २९ गते ९:०९

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणको सचिवालयमा काम गर्ने उपसचिव फेरबदल भएका छन् । मन्त्रीको सचिवालयमा दुई नीजि उपसचिव हुन्छन् । एउटा मन्त्रीको निर्देशन, आदेश टिप्ने र उनीसँगै हिड्ने, अर्को दैनिक कार्यलय लगायत प्रशासनिक काम गर्ने । कार्यालयगत प्रशासनिक काम गर्ने उपसचिव अहिले फेरिएका छन् ।

गृहमन्त्री खाँणले आफनो नीजि सचिवालयमा प्रशासनिक काम गर्ने गरी शोभाकर रेग्मीलाई ल्याएका छन् । कांग्रेस निकट निजामति कर्मचारी युनियन ९संघ०का पूर्वअध्यक्ष पनि हुन्, रेग्मी । मनाङको जिल्ला समन्वय अधिकारी रहेका रेग्मीलाई सामान्यबाट गृहमा सरुवा गरेर मन्त्रीको नीजि सचिवालयमा ल्याइएको हो ।

अहिलेसम्म गृहमन्त्रीको सचिवालयमा उपसचिव जनकराज भट्टले प्रशासनिक काम गदै आएका थिए ।

विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भएका र काठमाडौँ जिल्लामा समेत सहायक प्रमुख जिल्ला अधिकारीको भूमिका निभाएका भट्ट काम गर्न भद्र शालिन र गृह बुझेका कर्मचारीका रुपमा चिनिन्थे । उनी अहिले प्रधानमन्त्रीको नीजि सचिवालयमा सरुवा भएर गएका छन् । प्रधानमन्त्रीको नीजि सचिवालयमा रहेका बद्री तिवारी कलकत्तास्थित महाबाणिज्य दूतावासमा सरुवा भएर गएपछि भट्ट प्रधानमन्त्री शेरबहादुर देउवाको नीजि सचिव भएर गएका हुन् । यधपी भट्टले प्रधानमन्त्रीको सचिवालयमा पुगेर जिम्मेवारी भने सम्हालिसकेका छैनन ।

उनको नेम प्लेट भने अझै पनि गृहमै छ । प्रधानमन्त्रीको सचिवालयमा पुगेर हाजिर नभईसकेका कारण पनि गृहमा नीजि सचिव भनेर राखिएको उनको नेम प्लेट झिकिइसकेको छैन । तर रेग्मी भट्टको कुर्सीमा आएर बस्न र काम गर्न शुरु गरिसकेका छन् ।

Advertisement

मन्त्री माथी नै दवाव
गृहमन्त्रीको नीजि सचिवका रुपमा निजामति कर्मचारी युनियन ९संघ०का पूर्वअध्यक्ष रेग्मी आएर काम शुरु गरेपछि कर्मचारीहरु भने उनीसँग त्यक्ति खुसी देखिएका छैनन । गृहका कर्मचारीहरुले उनलाई निजामति कर्मचारी युनियनका अध्यक्षको जिम्मेवारी सम्हाल्दै देखि चिनेका र उनले गृह मन्त्रालयसमेत नवुझेका कारण उनीबाट गृहमनत्रालयको प्रशासनिक कामकाज प्रभावकारी हुन नसक्ने कर्मचारीहरुले नै बताउन थालेका छन् ।

गृहमन्त्री खाँणलाई समेत भेटेर गृहका केही कर्मचारीहरुले रेग्मीबाट गृहको प्रशासनिक काममा पार लाग्न नसक्ने जानकारी गराईसकेको गृहस्रोतले बताएको छ ।

गृह नबुझेका रेग्मीले सचिवालयमा बसेर त्यहाँको मर्यादा कायम गर्न नसक्ने गुनासो गृहमन्त्रीसँग कांग्रेस निकटकै गृहका कर्मचारीहरुले गरिसकेका छन् । रेग्मी छुद्र स्वभावको रहेको चर्चा पनि कर्मचारीहरुबीचमा हुने गरेको छ । त्यसैले मन्त्रीलाई धेरै समय रेग्मीलाई त्यहाँ नराख्न कर्मचारीहरुले नै सुझाव दिइरहेको गृह स्रोतले बतायो ।

प्रतिक्रिया