शनिबार, वैशाख ८, २०८१

ट्वीटरमा नयाँ प्रबन्ध, फेसबुकमा जस्तै समूह बनाउने सुविधा

मेरोन्यूज २०७८ भदौ २७ गते १७:१४

काठमाडौं । सामाजिक सञ्जाल अर्थात् माइक्रो–ब्लगिङ साइट ट्वीटरले ‘फेसबुक’ जस्तै नयाँ प्रबन्ध बनाउने भएको छ ।

‘ट्वीटर कम्युनिटी’का रुपमा रहने समूहमा ट्वीटरले केही प्रयोगकर्तालाई समूह बनाउन सुविधा दिनेछ । जसले फेसबुक गु्रप जस्तै प्रयोगकर्तालाई जोड्न र हटाउन सक्नेछन् ।

ट्वीटरमा रहेका प्रयोगकर्तामा नै त्यस्तो समूह बनाउने र चलाउने अधिकार दिइने ट्वीट मार्फत जानकारी दिएको ‘दी इकोनोमिक टाइम्स’ले जनाएको छ ।

टाइम्सका अनुसार त्यसमा कुनै एक विशेष विषयमा रुचि राख्ने मानिसको समूह जोडिन सक्नेछन् । ट्वीटरले अहिले कुनै विशेष विषयमा त्यस्तो समूह बनाउने सुविधा दिनुका साथै हरेक हप्ता नयाँ विषयका नयाँ समूह थप्ने व्यवस्था हुनेछ ।

यसैबीच, ट्वीटरले प्राइभेसीको नयाँ टूलमा पनि परिक्षण गरिरहेको छ । जसमा फलोअरलाई ब्लक नगरी नै रिमुभ गर्न सकिने विशेषता हुनेछ । त्यसमा ट्वीटरले गरिरहेको प्रयोग उपयोगी देखिए छिटै प्रयोगकर्तामाझ आउने ट्वीटरले जनाएको दी इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

प्रतिक्रिया