शुक्रबार, वैशाख ७, २०८१

व्यवसायी तथा पूर्व राजदुत रुक्मशमशेर राणाको निधन

मेरोन्यूज २०७८ भदौ २६ गते ८:३०

काठमाडौं । पूर्व राजदुत तथा व्यवसायी रुक्म शमशेर राणाको निधन भएको छ । उनको ८५ वर्षको उमेरमा आफ्नै निवास बत्तिसपुतलीमा आज बिहान निधन भएको हो । लामो समयदेखि मृगौला रोगबाट पीडित राणाले नियमति डायलाइसिस गर्दै आएका थिए ।

उनी नेपाली कांग्रेसका संस्थापक नेता शुवर्ण शमसेर राणाका कान्छा छोरा हुन् । उनी सन् २००९ देखि २०११ सम्म भारतको राजदूत बनेका थिए ।

उनी भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशक थिए । राणाले राष्ट्रिय खेलकुद परिषद्को दुई कार्यकाल सदस्य सचिवको जिम्मेवारीसमेत निर्वाह गरेका थिए । उनी राष्ट्रिय खेलकुद परिषद्, नेपालका आठौँ र तेह्रौँ सदस्य सचिव थिए । त्यसयता नेपाल ओलम्पिक कमिटीमा पनि लामो समय नेतृत्व दिएका थिए । उनी अहिले पनि ओलम्पिक कमिटीमा मानार्थ अध्यक्ष थिए ।

राणाको अन्तिम दाहा संस्कारको कार्यक्रम भोलि आइतबार मात्रै हुने भएको छ ।

प्रतिक्रिया