शुक्रबार, वैशाख १४, २०८१

कुवेतमा कार्यरत दुई नेपालीको मृत्यु

मेरोन्यूज २०७८ भदौ २५ गते ६:४६

काठमाडौँ । कुवेतमा कार्यरत दुई जना नेपालीको मृत्यु भएको छ । कुवेतमा निर्माणाधीन नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा पाइप मर्मत गर्ने क्रममा बुधबार उनीहरुको मृत्यु भएको कुवेतमा रहेको नेपाली राजदूतावासले जानकारी गराएको छ ।

राजदूतावासका अनुसार मृत्यु हुनेमा झापा घर भएका यम बहादुर कटुवाल र सुकलाल राजवंशी रहेका छन् ।

यस्तै उक्त घटनामा एक जना घाइते भएका छन् । घाइते भएका रोल्पा घर भई हाल कुवेतमा कार्यरत सर्वजीत महराको उपचार भइरहेको छ ।

प्रतिक्रिया