आइतबार, जेठ ६, २०८१

संखुवासभा हत्या प्रकरण

पोस्टमार्टम सकियो, डीआईजी बिसी घटनास्थलमै

दया दुदराज २०७८ भदौ २३ गते १८:३५

काठमाडौं । संखुवासभा जिल्लाको मादी नगरपालिका–१ उमलिङस्थित एक घरमा भएको सामुहिक हत्यामा मारिएका हरुको शव परीक्षण कार्य सकिएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) लालध्वज सुवेदीले पोस्टमार्टम कार्य सकिएको बताएका हुन् । उनले भने,‘ पोस्टमार्टम कार्य सकिएको छ, प्रहरीले थप अनुसन्धान जारी नै राखेको छ । पोस्टमार्टम रिपोर्ट कस्तो आयो अझै जानकारी छैन । तर शव परिक्षण कार्य सकियो ।’

आइतबार संखुवासभाको मादी नगरपालिका १ उमलिङस्थित भएको सामुहिक हत्यामा एकै परिवारका ६ जना सदस्यहरुको मृत्यु भएको थियो । सोही घटनाको अनुसन्धानमा तिव्रता दिनका लागि प्रदेश प्रहरी कार्यालय प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बिसी घटनास्थलमा पुगेका छन् ।

मादी नगरपालिका १ उमलिङका वडा अध्यक्ष खेमनाथ कटवालका अनुसार डीआईजी बिसी आउने तयारीमा रहेका हुन् । उनले भने, ‘बिराटनगरबाट डीआईजीसाप पनि आउनु भएको छ, अब अनुसन्धानले केही तीब्रता देला ।’

घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो र संघीय प्रहरी टोली मंगलबारदेखि नै खटिएका छन् । हत्याको कारण धनसम्पत्ति हुन सक्ने भन्दै प्रहरीले आर्थिक पाटोबाट अनुसन्धान सुरु गरेको थियो तर घरबाट १५ तोला सुन र ५ लाख नगद भेटिएपछि प्रहरीको अनुसन्धान मोडिएको छ ।

Advertisement

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया