आइतबार, जेठ ६, २०८१

एक जनाले हत्या गरेको हुन सक्ने प्रहरीको आशंका, कसरी जोगिए ९० वर्षीय बौद्धमान ?

मेरोन्यूज २०७८ भदौ २३ गते १६:०८

काठमाडौं । संखुवासभा जिल्लाको मादी नगरपालिका–१ उमलिङस्थित भएको सामुहिक हत्यामा एक जना व्यक्तिको मात्रै सम्लग्नता हुन सक्ने प्रहरीले आशंका गरेका छन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेसँगै घटना एक जना व्यक्तिको संलग्नता भएको हुन सक्ने अाशंका गरेका हुन् ।

प्रहरीले घटनाको प्रकृतिलाई हेर्दा घटनामा एक जनाको मात्रै संलग्नता हुन सक्ने आसंका गरेको मादी नगरपालिका–१ उमलिङका वडा अध्यक्ष खेमनाथ कटुवालले बताए ।

उनले टेलिफोन संवादमा भने, ‘म विहानदेखि घटनास्थलमै छु, प्रहरीहरुको विश्लेषणलाई सुन्दा एउटै व्यक्तिको मात्रै संलग्नता हुन सक्ने बताएका छन् । उहाँहरुले धेरै तवरबाट अनुसन्धानलाई तिव्रता दिनु भएको छ । आशा गरौँ, हत्यारा छिटै पक्राउ परोस् । ’

प्रहरीले विभिन्न तवरबाट अनुसन्धान सुरु गरिरहेको छ । तर जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरिक्षक (डीएसपी) लालध्वज सुवेदीले भने अनुसन्धानमा खासै उचित रुप लिन नसकेको बताउँछन् ।

प्रहरीले घटनामा एकै जनाको संलग्नता हुन सक्ने आसंका गरेसँगै स्थानीयहरुसँग सोधपुछ जारी गरेको छ । निरन्तर बर्षाका कारण कुनै उपलब्धिमुलक ‘क्लू’ भेटाउन नसकेको डीएसपी सुवेदीले बताए ।

‘हामीले आर्थिक पाटोबाट अनुसन्धान सुरु गरेका थियौ तर घरबाट सुन र नगत फेलापरेपछि अनुसन्धानको क्षेत्र मोडिएको छ ।’ डीएसपी सुवेदीले भने ।

कसरी जोगिए ९३ वर्षीय बौद्धमान

सामुहिक हत्यामा एकै परिवारका ६ जना सदस्यहरुको हत्या भएकोमा परिवारका वृद्ध व्यक्ति ९३ वर्षीउ बौद्धमान भने सकुशल छन् ।

घटनास्थलमा पुगेका केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी)को टोली र संघिय प्रहरी कार्यालय धरानबाट तालिम प्राप्त कुकुर सहितको टोलीले घटनासँग सम्बन्धित अभियुक्तलाई पत्ता लगाउन सकेको छैन ।

प्रहरीले सबै शवको परिक्षणका लागि धरान पठाईएको छ, घरानबाट विस्तृत विवरण भने आइसकेको छैन । अनुसन्धानमा खटिएका प्रहरीहरुले ९३ वर्षीय वद्ध कसरी जगिए, भन्ने पक्षबाट समेत अनुसन्धान सुरु गरेको छ ।

वडा अध्यक्ष कटवालका अनुसार प्रहरीले लिएको बयानमा ति वृद्धले रातिको खाना खाएर ६ या ७ बजे नै सुतेको कारण घटनाबारे केही थाहा नपाएको बताएका छन् ।

उनले कान कम सुन्ने र आँखा कम देख्ने कारणले गर्दा घटनाबारे अनविज्ञ रहेको प्रहरीले बताएका छन् । हत्याराले समेत उनको कमजोरीको फाइदा उनलाई जोगाएको हुन सक्ने प्रहरीले विश्लेषण गरेका छन् ।

उनकी श्रीमती पावर्ती कार्कीसहित तेजबहादुर कार्की, उनकी श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की भने प्रतिकार गर्न खोज्दा मारिएको र दुई बच्चा दीपक कार्की र गोमा कार्की भने भाग्दै गर्ने क्रममा मारिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

Advertisement

प्रतिक्रिया