सोमबार, जेठ ७, २०८१

सेलिब्रिटीहरु कसरी मनाउँदैछन् तीज ?

किरण अधिकारी २०७८ भदौ २३ गते १४:३३

काठमाडौं । नेपाली हिन्दु महिलाहरुको चाड हरितालिका तीजको लहर देश–विदेशमा सुरू भइसकेको छ ।

नेपाली हिन्दु नारीहरुको महान पर्वको रुपमा मनाइने हरितालिका तीज सबै ठाउँमा छरिएर रहेका नेपाली महिलाहरुले परापूर्वकालदेखि मनाउँदै आएका छन् ।

सामान्यतया महिलाहरु तीजको अघिल्लो दिन दर खाने र भोलिपल्ट निरहार व्रत बस्ने गर्दछन् । तर पछिल्ला केही वर्षयता भने सहरी भेगका महिलाहरुमा तीज शुरु हनु भन्दा १ महिना अघिदेखि नै दरखाने कार्यक्रम गर्दै मनाउने प्रचलन बढिरहेको छ । दुई वर्षअघिदेखि कोरोना कारण बन्देज थियो । यसपाली लकडाउन खुलेर जमघट बढ्न थालेको छ ।

विशेषगरी बिवाहित नारीले आफ्नो पतिको सु–स्वास्थ्य र दीर्घायूको कामना गर्दै र अबिवाहित नारीहरुले राम्रो पति पाऊँ भनेर व्रत बसी तीज पर्व मान्ने इतिहासदेखिको प्रचलन छ ।

तीजमा महिलाहरु नयाँ गहना तथा पहिरनहरु आफ्नो लागि किन्ने र आफन्तहरुका लागि पनि किन्ने गर्छन् । निम्न वर्गीय, मध्यम वर्गीय र उच्च वर्गीय महिला सबैले तीजका आ–आफ्नै योजनाहरु बनाएर बनाएर मनाउने गर्दछन् ।

तर सामान्यस्तरका महिलाहरुले मनाउने तीज र उच्च ओहोदामा रहेका महिला, धनाढ्य र व्यापारिक घरानाका महिलाले मनाउने तीज पनि उस्तै रहेको पाइएको छ । हामीले नेपालका मनोरञ्जन क्षेत्र चलचित्र, गायन, मोडर्लिङ क्षेत्रका महिलाहरुको तीज मनाउने तौरतरिकाका बारेमा चर्चा गरेका छौं ।

परीक्षा नजिएकाले घरमा तीज सानो हुन्छ
नायिका करिश्मा मानन्धर

Advertisement

खागरी तीज अन्यन्त्र बोलावट भएको ठाउँमा गएर पनि मनाउने गर्थें । यसपाली मेरो परीक्षा यही भदौं ३० गतेबाट शुरु भएकाले अध्ययनमा व्यस्त छु । तर तीज पारम्पारिक पर्व भएकाले घरको तल बस्ने बहिनीहरुलाई बोलाएर बुधबार साँझ पारम्पारिक दर खादै एक्कैछिन रमाईलो गरेर फेरि अध्ययनमै व्यस्त हुन्छु ।

परीक्षा आएकाले म कसैको पनि तीज कार्यक्रममा जान पाइन । तीज अर्को वर्ष पनि आउँछ । अध्ययनरत विद्यार्थीको लागि तीजभन्दा पढाई ठूलो भएकाले परिक्षाको तयारीमा छुँ । तीजको दिन पनि कुनै कार्यक्रममा नगई परीक्षा नसकुन्जेल घरमै पढेर बस्छ ।

बुबा र दिदीको सहभागितामा काठमाडौंमै तीज

नायिका दीपाश्री निरौला

विषशेगरी तीज आफन्त साथीहरुसँग मिलेर मनाउने गरेको छु । यसपालीको तीज काठमाडौंमै मनाउने हुँ । तीज मनाउनका लागि विराटनगर घरबाट बुबा र दिदीलाई बोलाएको छुँ । उहाँहरु आउनुभयो, आज घरमै दर खाने, मलाई अग्रिम तीज लागेको नभएर दर खाने हो ।

हरितालिका तीजको दिन विहीबार पशुपति गइन्छ सबैजना, लाइन लागेर दर्शन गर्ने नभ्याइए, पशुपति क्षेत्रमा टाढैबाट दर्शन गरिन्छ । मलाई सानैबाट तीज मनपर्ने भएकाले दरखाने र व्रत बस्ने पहिलेबाटै गर्थे । पछिल्लो समय देखाउने प्रचलन बढ्न थालेको छ । यो राम्रो होइन, तीज लगायत कुनै पनि चाडमा देखाउनका लागि भन्दा आफ्ना लागि गर्नुृपर्छ । दुःखसुखले सानो राम्रो किसिमले चाडपर्व मनाउँदा सबैलाई राम्रो हुन्छ । ह्याप्पी तीज सबैजनालाई ।

घरमै बसेर तीजको ब्रत

नायिका केकी अधिकारी

म सानैदेखि तीज मनाउँथे । फिल्म क्षेत्रमा लागेको बेला फुर्सद नभएको बेला सुटिङ टोलीसँगै तीज मनाइथ्यो । नाँचगान गरिन्थ्यो । लकडाउनले गत वर्ष समस्यामा पारो, घरकै झ्यालबाट खाली दृश्य हेरेर गीत घरमै बजाएर परिवारका साथ जर्बजस्त मनाइयो ।

यो वर्ष सहज भएकाले साथीभाइसँग भेटघाट, कसैले बोलाएको तीज कार्यक्रममा सहभागी भएको छुँ तर सानो समुहमा मात्र घरका आफन्त बाहेक अन्यको कार्यक्रममा कोरोनाले डर लाग्यो । यो वर्ष राम्रो पति पाउनका लागि पनि घरमै व्रत वस्छु । तपाईले ब्याई फ्रेण्ड होला भनेर सोध्नुभो, छन् केटा साथी तर जीवन बिताउने गरी तयारमा नभएर त राम्रो पति पाम् भनेर व्रत बस्छु ।)

केही वर्ष म पतिको राम्रो होस् भनेर कामना गर्दै पानी पनि नखाइ व्रत बसेँ । तर फिल्ममा लाग्दा धेरै थकान काम गर्दा हुने भएकाले आफ्नो स्वास्थ्यको ख्याल गर्दै पानी तथा जुस र साँझमा फलफुल खाएर तीजको व्रत बस्दै आएकी छु ।

यस वर्षको तीजमा भने मैले आफ्ना लागि परिवारका सदस्यका लागि कपडा र श्रृंगारका सामग्री किनेकी छुँ । आज साँझ घरमै दर पकाएर खाँदा सबैलाई दिन्छु । बिहीबार तीजको दिनपरिवारका कुनै सदस्य पशुपतिजान खोजे भने जान पनि सक्छु ।

तीज स्पेशल केही छैन
मोडल तथा पूर्व मिस नेपाल माल्भिका सुब्बा

म सानो छदा तीजमा नाचगान हेर्न खुब मनपराउँथे । आफु पनि नाच्थे । म तीजमा त्यसरी व्रत बसिन । स्वास्थ्यको ख्याल गर्नुपर्छ सबैले ।

देखाउनका लागि अरुका लागि नभएर आफ्ना लागि चाडपर्व मनाउँनुपर्छ । कोरोनाका कारण केही वर्षदेखि सबैलाई आर्थिक समस्याले सताएको छ । आर्थिक व्यवस्थापनका लागि सानो कार्य गर्न पनि अफ्टेरो मान्न हुँदैन ।

तीज देखाउनलाई नमनाउनुस् कसैलेपनि । मैले केही शिक्षण संस्था अर्थात् स्नातक तहका विद्यार्थीलाई भज्र्योल माध्यम टिम्स मार्फत तीजको अनुशासन पालना गर्न सिकाएको छुँ । तीज मात्तिनका लागि होइन, चाडका लागि हो भन्छु ।

यसपालीको तीज स्पेशल केही छैन । घरमा पति, छोरासँगै अन्य परिवारका सदस्यबीचमा मात्र तीज पर्व मनाईदै छ । सबै नेपाल तथा विश्वका कुना काप्चामा रहेका नेपाली लगायत सबैलाई तीजको हार्दिक मंगलमय शुभकामना ।

अग्रिम तीज मनाउँदा गीतको प्रचार हुन्छ
गायिका, गितकार तथा संगितकार सावित्री गिरी


म तीजमा व्रत बस्छु । मन्दिर जान्छु र पूजा पनि गर्छु । विभिन्न दर खाने कार्यक्रममा सहभागी हुन्छु । केही समय विदेशमा थिएँ । त्यसैले वार्षिक तीज विदेशमै रहेका नेपाली साथिहरु जम्मा भएर मनाउँथ्यौ ।

दुई वर्षदेखि कोरोना महामारिले दुख्ख दिएकाले जम्मा भएर नाच गान गरेर मनाउन पाइएन । यो तीजमा केही सहजपन भएकाले तीजमा नाचगान गर्नका लागि नयाँ गीत ‘हे छोटो छ जामा लाउदिन आमा बरिलै अहिलेको तीजैमा, हे दाजै जिफन्टको सारी किन्दीनु सितारा भरेर’ले सबैलाई नचाउने छ ।

सावित्री गिरी नाममा युटुबबाट यो गीत फेला पार्न सक्नुहुन्छ र मनैखोलेर नाच्न सक्नुहुन्छ । यो गीतको लेखन, गायन र संगित मेरो आफ्नै हो । बुधबार मैले आफन्तका दर खाने कार्यक्रम राखेकी छु । साथीभाइबीच ‘गेट टुगेदर’ यसपाली पहिलाजस्तो ठूलो हुँदैन । सबैलाई हे दाजै गीत सुनेर घरमै बसेर नाचगान गरौं भन्न चाहन्छु । कोरोनाबाट बचौ बचाऔं हे दाजै सुनौं नाचौं नचाऔं ।

कोरोनाकाबेला घरमै तीज

स्नेहा शाह मेकअप पर्सन



मैले तीज मनाउने भनेर व्रत बस्ने, गर्दिन, तीजको लागि । तर तिजमा दर खाने गरिन्छ । गत वर्षदेखि यस वर्ष कोरोनाका कारणले ज्वाइन्ट फेमलीलाई गारो हुने भएकाले हामी पनि कतै जाँदैनौं । अरुलाई पनि नबोलाएर घरमै बसेर आफै पकाएर खाने कार्यक्रम छ । घरमै गीत बजाएर घरकै परिवारबीच नाचेर रमाइलो गर्छौ ।

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया