बिहीबार, वैशाख १३, २०८१

अफगानिस्तानमा तालिबानको सरकार घोषणा

मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री

मेरोन्यूज २०७८ भदौ २२ गते २१:२२

काठमाडौं । अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि तालिबान समूहले सरकार घोषणा गरेको छ।

मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री र अब्दुल गनी बरादर उपप्रधानमन्त्री हुने भएका छन् ।

तालिबानी समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगानिस्तानमा प्रधानमन्त्री र उपप्रधानमन्त्री टुग्गो लागेको जनाएको अन्तराष्टिय समाचार सस्था विविसिले जनाएको छ । सरकारमा मुल्लाह याकुब रक्षामन्त्री र सिराज हक्कानी गृहमन्त्री बनेका छन्।

उनले भने, हामीलाई थाहा छ लामो समयदेखि हाम्रा जनता सरकारका लागि प्रतीक्षारत छन्।

को हुन् अफगानिस्तानका प्रधानमन्त्री ?


अब्दुल गनी बरादर तालिबान समूहका उपसंस्थापक पनि हुन्। उनी विगतमा अमेरिकासँग दोहामा भएको शान्तिवार्तामा सहभागी हुँदै आएका थिए।

मन्त्रिपरिषद्‌ गठनलाई तालिबान सरकार स्थापनाको दिशामा महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ। तालिबान सरकारले शुरूमा गर्नुपर्ने काममा देशको अर्थतन्त्रलाई स्थिर बनाउनु, अन्तर्राष्ट्रिय मान्यता खोज्नु र बढ्दो मानवीय सङ्कटलाई सम्बोधन गर्नु हुनेछ।

केही दिनयता तालिबानले जुनसुकै बेला सरकार गठनको घोषणा गर्न सकिने बताउँदै आएका थिए।

तालिबानले तीन साताअघि अफगानिस्तानमाथि नियन्त्रण कायम गरेका थिए।

‘द इस्लामिक इमिरेट अफ अफगानिस्तान’

तालिबानले अफगानिस्तानलाई द इस्लामिक इमिरेट अफ अफगानिस्तान’ पनि घोषण गरेको छ ।

तालिवानका प्रवक्ता अहमदुल्लाह वासिकले अफगानिस्तान अब आधिकारिक रुपमा ‘द इस्लामिक इमिरेट अफ अफगानिस्तान’ भएको बताएका हुन् ।

प्रवक्ताका अनुसार सरकारमा कुनै महिलालाई किन सहभागी नगराएको भन्ने प्रश्नमा तालिबानका प्रवक्ता अहमदुल्लाह वासिकले मन्त्रिपरिषद् सदस्यहरुको घोषणा अझै पूरा नभएको बताएका छन् ।

प्रतिक्रिया