शनिबार, जेठ ५, २०८१

आइफोन १३ निश्चित क्षेत्रमा मात्रै उपलब्ध हुने

मेरोन्यूज २०७८ भदौ २२ गते १६:०५

काठमाडौँ । एप्पल कम्पनीको आइफोन १३ मा समावेश गर्ने स्याटेलाइट कनेक्शन निश्चित क्षेत्रमा मात्रै उपलब्ध गराउने भएको छ । ब्लुमबर्गका मार्क गर्मनले यसै महिना हुने एप्पलको वार्षिक इभेन्टमा प्रस्तुत हुने विभिन्न कार्यक्रमको विवरणका बारेमा जानकारी दिएको यस्तो जनाएका हुन् ।

Advertisement

उक्त इभेन्टमा एप्पलले आइफोन १३ को रेञ्जका साथै एप्पल वाच सिरिज ७ पनि सार्वजनिक गर्ने छ । यो सिरिजको स्मार्टवाचको उत्पादन बन्द भए पनि इभेन्टमा सार्वजनिक भने गरिने छ । यसै क्रममा गर्मनले आइफोन १३ को स्याटेलाइट कनेक्शन फिचर निश्चित क्षेत्रमा मात्र उपलब्ध हुने बताएका हुन् ।

यसबाहेक यो फिचर सामान्य हिसाबले सधैं प्रयोग गर्नका लागि उपलब्ध हुने नभई मोबाइल नेटवर्कले काम नगर्दा अपर्झट परेको बेला एसएमएस गर्न र दुर्गम ठाउँमा भएका सवारी वा हवाइ दुर्घटनाका बारे जानकारी गराउन इमर्जेन्सी सिग्नल पठाउन प्रयोग गर्न सकिने प्रस्ट पारिएको छ ।

प्रतिक्रिया