सोमबार, जेठ ७, २०८१

कुशे औँसीमा बुवालाई सम्झदा…..

किरण अधिकारी २०७८ भदौ २२ गते ७:२७

काठमाडौँ । जन्म दिने आमाबाबु सबैका प्रिय हुन्छन् । बुवालाई छुट्याएर आमा, आमालाई छुट्टयाएर बुवाको कुरा गर्न थालियो भने एकल हुन्छ । आमा पृथ्वी हुन् भने बुवा आकाश, आमा शिर हुन् भने बुवा शिरको सिन्दुर, आमा खुशी दिने स्रोत हुन् भने बुवा त्यसको ऊर्जा साथै उत्साह र भरोसा पनि हुन् ।

Advertisement

डा. गोविन्द टण्डनको यो भनाई मेरो दिमागमा सधै घुमी रहन्छ । वैशाखमा आमाको मुख हेर्ने दिनमा फेसबुकबाट आमालाई सम्झिए । बुवाको मुख हेर्ने दिन (कुशे औँसी) आज पनि विभिन्न माध्यमबाट बुवालाई सम्झनुको विकल्प छैन । यो वर्ष मंगलबार नै आमा बुवाको मुख हेर्ने दिन परेको छ ।

आमामा मायाको संसारको भोग गरेकोले जीन्दगीमा धेरै प्रशंगमा आमा ! आमा !! आमा !!! नै आउँछ मेरो मस्तिष्कमा । तर बुवाको माया कक्षा ३ पढ्दाबाट पाउन नसकेकाले बुवा भन्ने शब्द मस्तिष्कमा भेटिदैन ।

जतिञ्जेल आमा आफ्नै अगाडि हुन्छिन्, त्यतिञ्जेलसम्म आमाको महत्वबोध कतिको लागि नहुन सक्छ । जब आमा संसारबाट विदा हुन्छिन् अनि माया थाहा हुन्छ ।

आमाको परिभाषा दिन सकिएला जस्तो लाग्दैन । जन्म दिने आमा र जन्मेको देश स्वर्गभन्दा पनि प्यारो हुन्छ भन्ने कुरा साँचो हो ।
समाजका अन्य व्यक्तिसँग आमाको तुलना हुनै सक्दैन । आमाको अभावमा आमा बनेर उदारतापूर्वक माया, ममता, स्नेह दिने विशाल हृदय भएका नारीबाट कैयन् टुहुराको लालन–पालन र सेवा भएको अनेक उदाहरण यत्रतत्र देखिँदा मातृत्वको वात्सल्यमयी भाव नारीको नैसर्गिक गुण बनेर प्रस्फुटित हुन्छ । यसैले आमा शब्दले मातृशक्ति सबैलाई एकमुष्ट सम्बोधन गरेको भान हुन्छ ।

आमा एउटी मात्र हुन्छिन् । बच्चा थुप्रै हुन सक्छन् । आमा सरहको माया–ममता थुप्रैबाट पाउन सकिएला । तर आफ्नो आमाको जस्तो शर्तरहित वात्सल्य, माया, दया र प्रेम अरुबाट विरलै पाइन्छ ।

उत्साह र भरोसाका पात्र हुन सकेनन् बुवा
आमाले आफूलाई जन्माएपनि बुवाको साथले पृथ्वीमा बच्चाको जन्म भएको सत्य हो ।

विश्वप्रसिद्ध लेखिका तथा अधिकारकर्मी सिमोन डे बाउवोइरले ‘द वुमन डेस्ट्रोइड’ मा लेखेकी छिन् ‘बुवाहरु आफूले छोरीहरु कहिल्यै पाउँदैनन् किनकी उनीहरु छोरीहरुले पाउनुपर्ने धारणा आविष्कार गर्छन् ।’

लेखिका किरण देसाई लेख्छिन्, ‘जब बुवा परमधाम हुनुभयो, मलाई मौन कागजझैं आफू बत्तिएको आभास हुन थाल्यो । मेरा बुवा दिल्लीस्थित घरको कौसीमा नहुँदा म रित्तो भएकी थिएँ । तब मलाई लाग्न थाल्यो, उहाँबिना म पछाडि पर्दै जानेछु । हामीबीचको दुखाइबिना म बनेकी होइन ।’

क्याथोलिक धर्म अनुसार बुबालाई पुजारीको संज्ञा दिइएको छ । ‘म्यान विथ अ सन’ मा बुबालाई एक पुरुषमा परिभाषित गरिएको छ जसले एक महिलालाई गर्भधारण गराएको छ र बच्चालाई जन्म दिएको छ ।

हिन्दूत्वले बुवालाई पितृको स्थान दिएको छ । हिन्दू धर्मशास्त्रमा अनुशासन, उदाहरण, सुरक्षा, मित्रता, आध्यात्मिकता, नारीत्वको सम्मानलगायतका बुवाका नौ वटा जिम्मेवारीको वर्णन गरिएको छ ।

हाम्रो हिन्दू परम्पराले बुवालाई परिवारको खम्बा मानेको छ । सन्तानका लागि मात्र नभएर सम्पूर्ण परिवारका लागि बुवा आधारस्तम्भ हुन् । बुवाप्रतिको आड–भरोसा सन्तानका लागि जीवन बनाउने कसी हो । कुशे औँसी अर्थात् बुवाको मुख हेर्ने दिनले यसको महत्वलाई अझ चरितार्थ पार्छ ।

तर सानैदेखि म बुवाको पुच्छर हुन सकिन । छोटो समयमा साबुन उद्योग सञ्चालनमा लागेका बुवाले तीन कक्षामा म हुँदा साबुनसँगै आफू विलिन भए । कहिले सम्झिन सकिन यो मनलाई पिडा दिन चाहिन र बुवा भन्ने शब्द प्रयोग गर्न गारो भइरहन्छ ।
बुवाको आत्मविश्वासले बलियो बनाउने बेला उत्तरदायित्व दिनबाट भागेकाले अभाबभन्दा पनि केही गर्न सकेकन् र बिलाएको रुवाई मनमा रहिरहन्छ ।

हरेक वर्ष बुवाको मुख हेर्ने दिन कक्षा ३ मा पढ्दादेखि सधैका लागि गए । आँखा टिल्पिलाउँदै मायासँगै उत्साहा र भरोसा खोजिरहन्छ मेरो मनले । साबुन उद्योगमा व्यस्त बुवासँग बिताएका पल स्मृतिमा सम्झना हुन सकेनन्, कारण समय अभावले माया पाउन सकिएन, जिद्धी गर्न आफूले सकिएन, थाहा मात्र पाईयो बुबा विलिन भए मेरो संसारबाट । त्यसैले दोष प्रकट गर्दै उत्साहा र भरोसा दिन नसक्ने बुवा भनेर कसरी भनु, तैपनि वर्षमा एक पटक बुवाको मुख हेर्ने दिन भएकाले मम्मीलाई जस्तै फोटोमा बुवालाई सम्झनुको विकल्प छैन ।

त्यसैले आकाशतिर हेर्दै भन्छु, ह्याप्पी फादरर्स डे ।।।

यो पनि पढ्नुहोस्

मम्मी

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया