शनिबार, जेठ ५, २०८१

फाइभजीलाई परीक्षणमा लैजाने, फोरजीलाई गुणस्तरीय बनाउने

मेरोन्यूज २०७८ भदौ २१ गते १८:५७

काठमाडौं । नेपाल टेलिकमले फोर जी सेवालाई अझै गुणस्तरीय बनाउने बताएको छ ।

सोमवार पत्रकार सम्मेलनमा बोल्दै नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमको फोर जी सेवालाई अझ गुणस्तरीय बनाउनुका साथै फाइभजीलाई परीक्षणमा लैजानै प्रक्रिया थाल्ने बताए ।

प्रवन्ध निर्देशक अधिकारीले देशभरीको फाइबर बिच्छ्याउने कामलाई तिव्रता दिनेपनि जानकारी दिए । आगामी दिनमा कोरोना संक्रमणका कारण टेलिकमको काम नरोकिने उनले उनले स्पष्ट गरे ।

प्रवन्ध निर्देशक अधिकारीले टेलिकमले कल ट्यापिङ गर्ने हल्ला भएको भन्दै हल्लाको पछि नलाग्न सबैमा आग्रह गरेका छन् ।

टेलिकमसँग कल ट्यापिङ गर्ने उपकरण नै नभएको उल्लेख गर्दै उनले टेलिकमले कल ट्यापिङ नगरेको बताए ।

‘कल ट्यापिङको उपकरण नै छैन । कल ट्यापिङ गर्ने एल आइ. भन्ने उपकरण हुन्छ । त्यो उपकरण आयात गर्न दुरसञ्चार प्राधिकरण सँग अनुमति चाहिन्छ । हामी दुरसञ्चार सेवा प्रदायकले एल.आइ. इक्वीपमेन्ट किन्न पाइदैन ।’ अधिकारीले भने ।

टेलिकमले सस्तो, गुणस्तरीय सेवा देशभरका सम्पूर्ण भेगमा पु¥याउने दायित्वको साथ काम गरिरहेको पनि उनको भनाइ छ ।

Advertisement

प्रतिक्रिया