शनिबार, जेठ ५, २०८१

काठमाडौंमा भारी वर्षा, मौसममा सुधार भोलि बेलुकाबाट मात्र आउँने : मौसमविद्

मेरोन्यूज २०७८ भदौ २१ गते ९:०६
photo: ganga bc/ facebook

काठमाडौं । काठमाडौंमा गएरातिदेखि भारी वर्षा भइरहेको छ । वर्षासँगै आएको वाढीका कारण काठमाडौं उपत्यकामा विभिन्न बजार र बस्तीहरु डुवानमा परेका छन् । काठमाडौं त्रिभुवन विमानस्थलक्षेत्रमा मापन गरिएअनुसार साढे तीन घण्टामा १०५ मिलिमिटर वर्षा भएको मौसमविद् मीनकुमार अर्यालले बताए ।

Advertisement

अर्यालका अनुसार बिरलैमात्रै यस्तो वर्षा भएको छ । गएरातिबाट नै कर्णाली र सुदुरपश्चिमबाहेकका क्षेत्रमा वर्षा भएको अर्यालले जानकारी दिए ।
“उपत्यकामा मेघ गर्जनसहित भारी वर्षा हुने देखिन्छ, आज बर्षा कम हुन सक्छ, तर मौषममा सुधार नआउँने देखिन्छ, मौषम सुधार भोलि बेलुकाबाट मात्र हुने देखिन्छ,” अर्यालले मेरोन्युजसँग भने ।

प्रतिक्रिया