कमल थापालाई तीज लाग्यो, महिलाहरुसँग छमछमी नाँचे
मेरोन्यूज
२०७८ भदौ २० गते १६:५५

काठमाडौं । राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापालाई यतिबेला तीज लागेको छ ।
हरितालिका तीजको अवसरमा मकवानपुरको आफ्नो निर्वाचन क्षेत्र पुगेका उनी महिलाहरुसँगै छमछमी नाँचे ।
थापा महिलाहरुको चाड हरितालिका तीजको अवसरमा राप्रपाको हेटौंडा ८ स्थित वडा कमिटीले आयोजा गरेको तीज विशेष कार्यक्रममा सहभागी भएका हुन् ।
गृह जिल्लाको पार्टी वडा कमिटीले आयोजना गरेको तीज विशेष कार्यक्रममा सहभागी भई राप्रपा अध्यक्ष थापा महिलाहरुसँगै नाचेका थिए । तीजका अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले महिलाहरुले तीज विशेष कार्यक्रम आयोजना गरेका थिए ।
सम्बन्धित









सङ्खुवासभामा आगलागीमा परी वृद्धको मृत्यु
दोहोरो अंकले घट्यो सेयर बजार
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
गभर्नरलाई बर्खास्तीको माग गर्दै जेन–जी युनाइटेडले अर्थमन्त्रीलाई बुझायो ज्ञापनपत्र
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
प्रतिक्रिया