चितवन कांग्रेस सभापतिका लागि ८ जना मैदानमा

चितवन । नेपाली कांग्रेस चितवनको सभापति पदका लागि आठ जना मैदानमा उत्रिएका छन् । चितवनमा आगामी असोज १० गते जिल्ला समितिको निर्वाचन हुने तय भएको छ ।
चितवनका हालका जिल्ला सभापति जीतनारायण श्रेष्ठले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेपछि जिल्ला नेतृत्वमा ८ जनाले दाबी गरेका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्रा डा सूर्यकान्त घिमिरेदेखि वाग्मती प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ र पूर्व सांसद जगन्नाथ पौडेलसमेतले जिल्ला सभापतिको दाबी गरेका छन् ।
चितवनका उपसभापति कैलाश कोइराला र सचिव उत्तम जोशी पनि कांग्रेस जिल्ला सभापतिको चुनावी प्रतिष्पर्धामा छन् ।
यस्तै, क्षेत्र नं १ बाट महासमिति सदस्य राजेन्द्र बुर्लाकोटी, क्षेत्र नं २ बाट राजेश्वर खनाल र क्षेत्र नं ३ बाट विजय भुसालले पनि सभापति पदको उम्मेदवारी घोषणा गरेर प्रचार थालेका छन् ।
चितवनमा वडा अधिवेशनबाट दुई हजार ९ सय क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।
हरेक वडामा सभापतिसहित २७ सदस्यीय कार्य समिति हुनेछ । क्रियाशील सदस्यका आधारमा एउटा वडाबाट १६ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने चितवन कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेस जिल्ला समिति चितवनले २७ हजार ८५५ क्रियाशील सदस्य सिफारिस गरेको थियो ।









दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
प्रतिक्रिया