बुधबार, वैशाख १२, २०८१

‘माधव नेपाल जस्तो लाजसरम पचेको मान्छे दुनियाँमा कहीँ देखिनँ’

केपी शर्मा ओली, अध्यक्ष नेकपा एमाले २०७८ भदौ १९ गते २०:१४

केपी शर्मा ओली

कतिपयले भन्छन्– नेकपा एमाले फुटेको छ, टुक्रिएको छ । कोही आस पनि गरिरहेका छन् । फेरि ठूलो भईचालो जानेवाला छ । फेरि अझ ठूलो फुट आउनेवाला छ । अहिले पनि पार्टी वास्तवमै फुटेको होइन । केही विग्रिएका तत्वहरु, धेरै वर्ष अगाडिदेखि विग्रिएका थिए, जहिले पनि पार्टीमा झमेला, जहिले पनि समस्या, त्यस्ता तत्वहरु केही गएका हुन्, जसलाई चोइटिएकोसम्म भन्न सकिन्छ ।

यिनीहरु किन गएका भन्दा इन्डियाको पञ्जावतिर लंगुर भन्ने हुन्छ, यतातिर भुँये भन्ने चलन छ । भूँये लागेको छ, लंगुर लाग्या छ भनेपछि यी खान दौडिएका हुन् अरू केही पनि होइन ।

अहिलेको सरकार भनेको यही लंगुरमा दौडनेवालाहरुको सरकार हो । यिनको उदेश्य के छ ? एउटा एक खालको कुरा गर्छ, अर्काेले अर्काे खालको कुरा गर्छ । अर्काेले अर्काे खालको कुरा गर्छ ।

तपाईहरुले देख्नुभएको छ, यिनीहरुको विचार मिल्छ ? आर्दश मिल्छ ? उदेश्य मिल्छ ? के मिल्छ यिनीहरुको ? केही पनि छैन, के मिल्नु, के नमिल्नु ? केही पनि मिल्ने नमिल्ने भन्ने छैन । यिनीहरु खानका लागि मिलेका हुन् ।

कुनै विचारको भिन्नता यिनीहरुले पार्टीभित्र हुँदा राखे ? यिनीहरुले वैचारिक मतभेद राख्न सके ? हाम्रो पार्टीवाट अलग भएका मान्छेहरुले वैचारिक मतभेद कुनै राख्न सके ? कहिले पनि केही पनि वैचारिक मतभेद छैन ।

नीतिका विषयमा केही मतभेद छैन

कुनै अरु विषयहरुमा, नीतिका विषयमा केही मतभेद छ ? त्यसमा पनि मतभेद छैन । खाली स्वार्थको लडाई । मलाई यो पुगेन, त्यो पुगेन ।

दुनियाँले, हजारौले ज्यान दिएर यो अवस्था ल्याईएको हो । हजारौं अंगभंग भएर, जेलनेल भोगेर यो अवस्थासम्म ल्याईपु¥याइएको हो ।

केहीलाई मलाई भाग पुगेन, मैले खान पाइन भनेर भन्या छ, भन्या छ, सधै रँडाको । एउटै मान्छेलाई सधै, त्यो पनि ढंगसँग चलाए हुन्थ्यो । सुन्दा पनि वेइज्जत गरेको छ ।

सामान्ती राजाका पाउमा दाम चढाएर ढोगे

कहिले सामान्ती राजाका वरिपरि परेर पाउमा लगेर दाम चढाएर ढोगेको छ । सुन्दै लाज हुने । प्रधानमन्त्री हुन पाइन्छ की भनेपछि त लगेर वरीपरी परिक्रमा गरेर दाम चढाएर पनि ढोगेको छ ।

कहिले हुलाकवाट निवेदन पठाएजस्तो पत्रमन्जुसामा प्रधानमन्त्री हुन पाउँ भनेर निवेदन पनि हालेको छ । त्यस्ता अनेक तमाशा देखियो । पार्टी काहाँ पुराएको छ भने २४० ठाउँमा लड्दा ३३ सिट ल्याउने ठाउमा छ ।

आफै अव महिले पार्टी चलाउन नसक्ने भए, मुखै देखाउन नसक्ने भए भनेर राजीनामा दिएर हिडेको छ । अनि मौका मिल्दा एउटा संगठनको अध्यक्ष पनि भएको छ ।

दक्षिणा प्राप्त हुन्छ भने –दक्षिणा ।

के मतभेद छ ? त्यस्ता केही तत्वहरु अलग्गिएका छन । म साथीहरुलाई भन्न चाहान्छु – तपाईहरु उच्च मनोवलका साथ अगाडी वढनुस । यो पार्टी वैज्ञानिक आर्दशवादी, आर्दश दर्शन, मानवतावादी दर्शन, समाजवादी दर्शन, विश्व जगत, प्रकृति, जीवन जगत सवैलाई ठिक ढंगले वुझेको र त्यसको समाधान दिने दर्शन वोकेको पार्टी हो ।

यर्थाथवादी, माक्र्सवादी दर्शनमा विश्वास गर्छ । यो अन्ततगत्वा गएर भन्ने हो भने राष्ट्रिय आकाक्षा हामीले तोकेका छौं नी, समृद्ध नेपाल, सुखी नेपालीको उदेश्यतर्फ अगाडि वढिरहेका छौं । समृद्ध नेपाल बनाउने र सम्पूर्ण नेपालीलाई खुसी बनाउने ।

एकछिनको कुरा होइन, यसको लागि निक्कै धेरै प्रयास गर्नुपर्छ । पहिलो कुरा हामी गर्न सक्छौं भन्ने मनोवल हामीले जगाउनु पर्छ । नेपाली जनतामा त्यो आत्मविश्वास पलाएको छ । म गर्व गर्छु । काठमाडौं महानगरपालिका सुन्दर बनाउन सक्छौं । यहाँका जनताको जीवनस्तर उकास्न सक्छौं ।

नानो स्याटलाइट हामीले नै पठायौं

आज नेपाल एक ढंगले भन्ने हो भने विश्वको विकसित देशको दुनियाँमा आइटिको प्रयोग गर्न सक्ने स्थितिमा पुगेको छ । चर्चा गर्न रुचाउदैन् मान्छेहरु । नेपालले स्याटलाइट पठाउन सक्छ भन्ने कसैले विश्वास गरेको थियो ? तर नानो स्याटलाइट भने पनि २ वर्ष अगाडि हामीले पठायौं अन्तरिक्षमा ।

एमालेको नतेत्व थियो र पठायो, अरुले त त्यसको कल्पना समेत पनि गर्न सक्दैनन ।

अव हामी स्याटलाइट पठाउने तयारी गरिरहेका छौं, परमाणु स्याटलाइट । यस्ता थुप्रै आयोजना अगाडी वढेका छन्, तर अहिलेको सरकारले तपाईहरुले सुन्नु भयो होला, हामीले सिलान्यास गरेका २१० ओटा वाटोको निर्माण कार्य रद्द गरयो । ठेक्कापटटा नगर्नु, रद्द गर्नु, सवै रोक्नु भन्ने आदेश दियो । वाह सरकार !

विकास हुन्छ भन्ने पीर छ । त्यसकारण पहिले उसले आएर भूमिहिनका समस्या, गरिवका समस्या, सकुम्वासीका समस्या समाधानका लागि आयोग वनाएर सवै काम गरेर भूमि समस्या समाधान गर्न लागेको थियो, पहिले नै आएर त्यो भूमि आयोगलाई भंग गरिदियो ।

गरिवमारा सरकार हो यो ।

त्यसपछि विकास निर्माणका काम एकपछि अर्काे भत्काउन थाल्यो । तपाईहरु नहुने हो भने भक्तपुरमा राती क्रेन लगेर मुर्ति भत्काएका थिएन नी एकपटक, धरहराको पनि त्यसै गरेर क्रेन ल्याएर तपाईहरु नहुने हो भने घाँटी मर्काउँछन् यिनीहरुले ।

देख्न नसकेर । विकास निर्माण यसरी गर्ने हो ? धरहरा फेरि बनाउने हो भनेर फेरि मर्काउन सक्छन् । रानी पोखरीमा ढुंगा हान्न सक्छन, मुर्ति भत्काउन सक्छन्, तपाईहरुले याद गर्नुहोला । यिनीहरुले कुनै रचनात्मक काम गदैनन ।

चीनसँग कुनै सीमा विवाद छैन, कसलाई खुसी पार्नका लागि समिति ?

अहिले देख्नुभएको छ, अव चीनसँग कुनै सीमा विवाद छँदैछैन । कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद भनेर समिति बनाउनु परयो । कसलाई खुसी पार्न ? चीनसँग सिमा विवाद छैन । यो सरकारलाई म चुनौति दिएर भन्न चाहान्छु – यो समितिले कुनै ठाउँमा सीमा विवाद छ भनेर देखाओस् । सीमा विवाद छैन । कसलाई खुसी पार्न ?

भारतसँगको सम्वन्ध तनावग्रस्त बनाउदै लगेको छ, चीनसँगको सम्वन्ध तनावग्रस्त बनाउदै लगेको छ । यिनै मान्छेहरु हुन्, कांग्रेस र माओवादी भएकावेला एमसीसी गरे, अहिले एमसीसीबारे बाेल्दैनन् । झुुक्याएर पास गर्न खोजेको होला । बोल्दैनन्, के गर्ने हो भन्दैनन् । जनताका अगाडि यिनीहरुले गरेको एमसीसी के हुन्छ भन्नु पदैन ? शेरवहादुर देउवाजीले भन्नु पर्दैन, एमसीसी के गर्ने ? प्रचण्डजीले बोल्नुपदैन एमसीसी के गर्ने ?

हिजो साइन गर्नुभएको थियो त । के गर्ने एमसीसी । उहाँहरु चुपचाप । अनि यस्ता अनगिन्ती कुराहरु उहाँहरु गोप्य राखेर, नेपाली जनतालाई छक्याएर, विकास निर्माणलाई रोकेर आतंक फिजाएको छ – कर्मचारी तन्त्रभित्र ।

उसलाई हटाएको छ, स्पष्टिकरण सोधेको छ, निकालेको छ । सरुवा गरेको छ, अनेक प्रकारका दुःख दिएको छ । यो त के हो भने कसैलाई पनि सुख नदिने । सुख दिने भएको भए २, ४ जना होलान यसमा को–को छन्, तर आम जनतालाई, कमर्चारी गरिव, सुकुम्वासी सवैलाई दुःख दिएका छन् ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा १७ अर्व खर्च भयो रे , काम ५ प्रतिशत मात्र सकियो रे , अनि छुटटाएको होला कति अरव होला अहिले मलाई याद भएन । अहिले उनीहरुले वजेट रोकेको छ, अनि काम ५ प्रतिशत मात्र भयो भन्ने ?युवाहरुले रोजगारी पाएकोमा, वैकवाट सहुलियत दरमा ऋण पाएकोमा, सर्टिफिकेट राखेर लोन पाएकोमा अत्यन्त चिन्तित छ । उनीहरुका मान्छेले मात्र पाउनुपर्छ ।

यिनीहरु अहिले सरकारमा पुगेका छन् । यिनीहरु सरकारमा पुग्ने जहिले पनि तपाई हामीले देखेका छौं, गठजोड गर्यो, षडयन्त्र गर्यो, जालझेल गर्यो, अनि झयालबाट, भेन्टिलेटरबाट छिर्ने, आउँदो चुनावमा झ्यालमा भेन्टिलेटर सवैमा हामी जाली हाल्नेछौ. । यी छिर्न पनि पाउने छैनन ।

यिनीहरुका कुनै जालझेल, तिकडमले, अव त्यसप्रकारका जालझेल, तिकडमको गठजोडका सरकार बन्ने अवस्था हामी अन्त्य गरिदिन्छौं । पहिलो कुरा तपाई हामीमा आत्मविश्वास चाहियो । हामी गर्न सक्छौं ।

राजधानी जगाऔं, राजधानी जोगेपछि देशै जाग्छ

राजधानी जगाऔं, राजधानी जोगेपछि देशै जाग्छ । राजधानी जागरुक ठाँउ हो । यस राजधानीमा म तपाईहरुलाई आग्रह गर्छु – एमाले वाहेक जनप्रतिनिधी भनेर कोही पनि उम्कन नपाओस् । महानगरपालिकाबाट अरु पार्टी कोही छान्न लायक छ र ? जनतालाई वताउनुस् ।

रानीपोखरी वन्न लाग्यो, ताला लगाउन जान्छन्, वल्ल मुस्किलले बनाएको होइन ? धरहरा बनाउन लाग्यो झिल्के धरहरा चाहिँदैन र , त्यो कालो पोतेको धरहरा बनाउने ? अनि कस्तो धरहार बनाउने ? धरहरा भनेको गौरवको कुरा हो । चिटिक्कै परेको हुन्छ । बत्ती बलेको हुन्छ । मनोरम हुन्छ । पार्क सहित गार्डेन सहितको । अनि धरहार हेर्न जाने, गाडी काँहा राखेर जाने ? गाडी चोभारमा राखेर आउने ? त्यसकारण त्यँहा पार्किङ बनाउनुपरेन ? अनि झिल्के धरहरा चाहिँदैन।

हामीले हाम्रा ऐतिहासिकतालाई इतिहास झल्कने, अधुनिकता टल्कने गरी बनाउनुपर्छ । हाम्रा काठमाडौ, ऐतिहासिक शहरहरु इतिहास झल्कने हुनुपर्छ । त्यहाँ आधुनिकता पनि टल्कने हुनुपर्छ ।

राजधानी फरवार्ड हुनुपर्छ । शिक्षा, स्वास्थ्य, जागरण, राजनीतिको क्षेत्रमा । काठमाडौंमा मेयर कुन पार्टीको छ भन्दा अरु पार्टीको भन्न मिल्छ ? उपमेयर, वडा अध्यक्ष कसका, सदस्य कसका ? एमालेका । प्रदेश सभा सदस्य कसका एमालेका ।

हाम्रा घरका विरालाहरु शेरवहादुर देउवाको भान्सामा !

बिकाउ माल होइन, अहिले हाम्रा भान्सका विरालाहरु शेरवहादुर देउवाको, हाम्रा घरका विरालाहरु शेरवहादुर देउवाको भान्सामा देखिन्छन् । त्यस्ता होइन । दुध र भात खान पाइन्छ भनेर म्याउँ गर्दै पुगेछन्, टुप्लुक्कै शेरवहादुर काँहा । त्यस्ता होइन । पार्टीले खाटी जनप्रतिनिधि हुन लायकलाई उम्मेदवार तोक्नेछ । तपाई हामीले तिनलाई अध्याधिक मतले जिताउनेछौं ।

यसैगरी देशभर त्यो हैसियत कायम गरेर अगाडि वढ्नु छ ।

माधव नेपालले प्रतिवेदन भनेर के निकालेको छ अहिले । त्यो उनको जिम्मा नै के हो भने, एमालेको वदनाम गर्ने, एमालेलाई कमजोर पार्ने, एमालेको चरित्र हत्या गर्नु, एमाले प्रति जनतामा वितृष्ण पैदा गर्नु खोज्नु । उनी यस रुपमा किन आए ? किन यति साहे कम्युनिष्ट विरोधी भए, कम्युनिष्ट भनेको सुन्नै नहुने भए ?

दक्षिणपन्थी सरकार बनाउने अनि क्रान्तिका कुरा गर्ने ?

समाजवाद । अहिले त एस पार्टी रे काग्रेसको एस पार्टी । वामपन्थी सरकार ढाल्ने, विरोधीको सरकार बनाउने, प्रतिक्रान्ति रोके भन्ने, बामपन्थी सरकार ढालेर, देशको विकासको नेतृत्व गर्ने सरकार ढालेर अनि दक्षिणपन्थी सरकार बनाउने अनि क्रान्तिका कुरा गर्ने ?

महिले यति साह्रो लाजसरम पचेको मान्छे माधव नेपाल जस्तो मान्छे जिन्दगीमा कँही पनि देखेको छैन । नेपाल मात्र होइन, दुनियाँका धेरै देशहरुमा म पुगेँ । तर माधव नेपाल जस्तो मान्छे , सरम पचेको मान्छे ..।

अस्तिसम्म जुन खाटमा वसिरहेका थिए, त्यही खाटमा वन्चरो हानिरहेका छन् अहिले सम्म । अस्तीसम्म जुन पिर्कामा वसेका थिए, त्यो पिर्का भाँचेको भाच्यै, जुन मन्दिरमा पुजा गरिरहेका थिए, त्यसमै थुेकोको थुक्यै छन् । के भएको यस्तो ? पतन भएको भनेको त्यही हो । सर्वनाश ।

अहिले माधव नेपालको पार्टी भन्छन्, अहिले दर्ता गरेका छन्, आजदेखि हो र ? ५ पार्टीको गठवन्धन भनेर माधव नेपालको काँहा पार्टी थियो र ? पार्टी नै थिएन, प्रचण्ड शेरवहादुर के भनिरहेका थिए भने – ५ पार्टी । कुन कुन ५ पार्टी थिए ?

एउटा पार्टी माधव नेपाललाई गनेका थिए । माधव नेपाल पार्टी (एउटा औला देखाउँदैं) माधव नेपाल पार्टी ? अन्तिममा हुने पनि त्यही हो । (एउटा औला देखाउँदैं) हुने त्यही हो । त्यो एकीकृत नै रहन्छ किन भने माधव नेपाल । माधव नेपाल एकातिर नै रहन्छन् ।

यसवीचमा एमालेको सरकारले यति धेरै विकास निर्माणको काम गरेको छ, तपाई हामी जाँहा पुगेका छौं, त्यस ठाँउमा के गरेको छ, एमालेको सरकारले के गरेको छ भनेर उभिएको ठााउवाटै देखाउन सक्छौं । खोज्न जानै पदैन देशभरी । त्यँही हिडदै गरेको वाटो देखाए हुन्छ, तर्दै गरेको पुल देखाउँदै गरे हुन्छ ।

नपुगेको ठाउमा फोर जी सेवा देखाउनु भए हुन्छ, नागरिक एप्स देखाउनु भए हुन्छ । डिजिटल नेपालका थुपै कुरा देखाउनु भए हुन्छ । थुपै काम । धारापानी, पानीको धाराको टुटी खोलिदिए हुन्छ ।

एमाले सरकारले मेलम्चीको पानी ल्याउँछ

अहिले मेलम्ची वाढीका कारण वन्द भयो । महिले जनवरीको सुरु सम्ममा मेलम्चीको पानी ल्याउँछु भनेको थिए, वैशाखमा भनेको थिए, तर उनीहरुले म ठोकुवा गरेर भन्न सक्छु उनीहरुले पानी ल्याउन सक्दैनन ।

काम गर्ने रूची नै छैन, भत्काउने मात्र रुची छ । मेलम्चीसम्म जाने वाटो बनाउने महिले भनेको थिए, महिले भनेकोले त्यो बनाउनै भएन । चुनावपछि अब फेरि एमाले सरकार बन्छ, त्यसले मेलम्चीको पानी ल्याउँछ । धारामा सररर पानी झर्छ । एमाले चाहिन्छ मेलम्चीको पानी ल्याउन, अरुले ल्याउन सक्ने छैन ।

अरुलाई गाली गरेर होइन, हामी आफुले गरेको काम गरेर जान्छौं । एक जना उपप्रधानमन्त्री चाहिएको छ । केपी ओलीले यसो गरयो भनेर गाली गरेको छ । उपप्रधानमन्त्री हुनलाई केपी शर्मा ओलीलाई गाली गरे हुन्छ नी । केपी शर्मा ओलीलाई गाली किन गर्ने ? निवेदन एउटा छ, निवेदनको ब्यहोरा अर्काे छ, मान्छेले वुझनेै गाह्रो पर्ने गरी । तर कस्तो छ भने एउटा सँग नजिक हुनका लागि अर्काेलाई गाली गर्ने पर्ने ।

उहँहाहरुले भन्नु भएको छ मोर्चा कसरे एमालेसँग चुनाव लड्छौं । मलाई पनि खसुी लागेको छ राम्रो आइडिया । एक्ला एक्लै चुनावमा आयो भने हरेकको जमानत जफत हुन्छ ।

चुनाव लड्न एक्लै आए जमानत जफत

एमालेसँग चुनाव लड्न एक्लाएक्लै आँट नगर्नु । भन्देको छु मैले पनि । एक्लै आए जमानत जफत हुन्छ । मिलेर आउनुस् । तर एमाले कुनै वैशाखी टेकिरहनु पर्ने पार्टी होइन ।

जनताको साथ लिएर, आफना नीति, उदेश्य, काम र भविश्यका योजना जनताका वीचमा लगेर जनता र देशको निम्क्ति, राष्टियताको निम्क्ति काम गर्ने, देशको विकास र सुशासन गर्ने पार्टी हो । त्यसकारण एमाले एक्लै चुनाव लडछ । एक्लै जित्न सक्छ । अवको चुनावमा यस्तो जालीझेली काम गरेर गठवन्धन गरेर झयालवाट मच्छर पस्ने ठाँउमा जाली हालिदिन्छौं । त्यो पनि उनीहरुको वन्द हुन्छ ।

हामीले केही गलत मान्छेहरुलाई हिजो उम्मेदवार बनाएछौं । सरकारलाई विश्वासको मत दियो भने वामपन्थी सरकार जोगिन्छ, संसद जोगिन्छ, हामीले विश्वासको मत माग्यौं । विश्वासको मत दिनुपर्छ भनेर वहिष्कार गरेर वाहिर गए । सरकारलाई अल्पमतमा पारे । संसदलाई धरापमा पारे । नत्र संसद धरापमा पर्ने थिएन ।

हाम्रो पार्टीकै भन्नेहरुले बाहिर गएर सरकारलाई भोट नदिएर सरकार ढाले ।

वामपन्थी सरकार ढालिपाँउ भनेर निवेदन हाले

हाम्रो पार्टीभित्र रहेका मान्छे, हाम्रो चुनाव चिन्हमा चुनाव लडेका मान्छे तिनैले राष्ट्रपतिकहाँ वामपन्थी सरकार ढालिपाँउ, शेरवहादुर देउवालाई नियुक्ति गरिपाउँ भनेर लुखुरलुखर हातमा निवेदन लिएर गए ।

त्यहाँबाट पार नलागेपछि अदालतमा गए । सोझै शेरवहादुर देउवालाई, यो संसदतिर ल्यायो भने, फेरि पल्टिन्छ । संसदमा ल्याउने मौकै नदिईकन सोझै त्यहीवाट शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको छ भनेर तोकिपााउ भनेर गए । त्यसकारण हाम्रो सरकार ढल्यो ।

आगामी दिनमा हामो पार्टीलाई अनुशासित, निष्ठावान, स्वार्थका पछाडि कुद्ननेहरुको त्यस्ताहरुको डफ्फा होइन, हुल र जमात होइन, आर्दश, उदेश्य र कर्तब्यप्रति निष्ठावान ब्यक्तिहरुको समुह जो देश वनाउने कुरामा कृतसंकल्पित छ । विचारमा केन्द्रीत, अनुशासित पार्टीका रुपमा यसलाई अगाडि वढाइन्छ । यही आत्मविश्वासको साथ जनता कहाँ जानुस् । विजयको तयारी गर्नुस् ।

(एमालेको काठमाडौं महानगरपालिकाको कार्यकर्ता भेलामा ब्यक्त सम्वोधनको मुख्य अंश)

प्रतिक्रिया