शनिबार, जेठ ५, २०८१

एक महिनामा १८ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात

मेरोन्यूज २०७८ भदौ ११ गते १५:५६

काठमाडौँ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ । विभागका अनुसार एक महिनामा १८ अर्ब १३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको हो ।

Advertisement

आयातको उच्च स्थानमा रहेको तेल निर्यातको पहिलो स्थानमा समेत रहेको छ । नेपालमा तेस्रो देशबाट तेलको आवश्यक कच्चा पदार्थ आयात भई प्रशोधन गरी पुनः तेस्रो मुलुक पठाइने गरिएको छ । एक महिनामा नेपालबाट ११ अर्ब ९३ करोड बढीको तेलजन्य वस्तुको निर्यात गरिएको छ ।

एक महिनाका अवधिमा १०२ देशबाट एक अर्ख ५० अर्ब ७३ करोड १७ लाख रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ । तथ्यांकअनुसार एक महिनाको अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।

भारतबाट मात्रै ८९ अर्ब ४८ करोड ६३ हजार बराबरको सामान आयात भएको छ । भारतपछि सबैभन्दा ठूलो आयात चीनबाट भएको छ ।

चीनबाट एक महिनामा २० अर्ब ९७ करोड ६६ लाख बराबरको सामान आयात भएको छ । एक महिनाको अवधिमा भारतमा १६ अर्ब ८३ करोड ६९ लाख र चीनमा आठ करोड बराबरको निर्यात भएको छ ।

प्रतिक्रिया