बिहीबार, वैशाख १३, २०८१

दल बिभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक : गोकर्ण बिष्ट

मेरोन्यूज २०७८ भदौ १ गते १५:३५

काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण बिष्टले सामाजिक सञ्जालमार्फत अध्यादेशको विरोध गरेका छन् ।

मंगलबार दल विभाजनसबन्धि अध्यादेश जारी भएपछि सासद विष्टले विरोध गदै अध्यादेश फिर्ता लिन बाध्य पार्नुपर्ने बताएका छन् ।


“लोकतान्त्रिक अभ्यास र संविधानको मर्म विपरित दल बिभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक छ । यसले दलभित्र उत्पन्न हुने अन्तरबिरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा बिभाजनलाई प्रोत्साहित गर्नेछ । राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता सृजना गर्नेछ । दलहरुप्रति विकर्षण र वितृष्णा पैदा गर्नेछ । अन्ततः यसले नेपालको राजनीतिमा दुस्खद परिणाम निम्त्याउने छ । यसप्रकारको प्रतिगामी निर्णयको सबैले बिरोध गरौँ । फिर्ता लिन बाध्य पारौँ,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया