बिहीबार, वैशाख १३, २०८१

माओवादीको केन्द्रीय समिति बैठक

यही अवस्थालाई निरन्तरता दिए अब माओवादी चाहिँदैन : प्रचण्ड

केपी ओलीको फाँसीवादी हेर्डक्वाटारमाथि बम हानेको हो, हामीले

पुष्पकमल दाहाल 'प्रचण्ड' २०७८ साउन ३२ गते १७:५०

नेपालमा माओवादी पार्टी र, यो आन्दोलनको औचित्य छ । यो आन्दोलनले नेपालमा अझै केही नयाँ कुरा दिन सक्छ । र, दिन्छ भन्ने कुरा प्रमाणित गर्न हामी सक्षम हुनै पर्छ । अहिले बुर्जुवा पार्टीहरू/ पुँजीपति पार्टीहरू र कम्युनिष्ट पार्टीबीचको भेद मेटिदै जाने, त्यो भेद पहिला व्यवहारमा मेटिदै जाने, पुँजीपतिहरू जस्तै व्यक्तिगत स्वार्थ, पद प्रतिष्ठा, भष्ट्राचार, धनमाल, ढोग, पाखण्ड, भन्ने एउटा गर्ने अर्कै, व्यवहारमा विस्तारै–विस्तारै तपाई हामी पनि थाहा नपाइकन या थाहा पाएर त्यस्तै-त्यस्तै हुने, उस्तै पार्टीमा विघटन हुने, स्खलन हुने, विर्सजन हुने प्रक्रिया निक्कै तीव्र छ ।

त्यसो हो भने हाम्रो यो पार्टीको आवश्यकता नै किन पर्यो ? हामीले कम्युनिष्ट पार्टी हौँ, किन भनिराख्ने ? हामी क्रान्तिकारी मार्क्सवादी हौँ किन भनिराख्ने ? बरू त्यो नभन्नु इमान्दारिता हुन्छ भनेर हामीले गम्भीर छलफल/बहस गरेका छौँ । बुर्जुवाजस्तै हुने हो भने अब यो संगठन काम लाग्ने छैन, बिग्रियो । अवसरवादीहरू धेरै भए । यो विचारका प्रमुख इन्टरनेशनल नेताहरू नै अवसरवादी भए । भनेपछि यो संगठनको आवश्यकता नै किन रह्यो भनेर विघटनको घोषणा गर्दै हिँडेको महान क्रान्तिकारी, वैज्ञानिकहरू मार्क्स, एगेल्सहरूले हो ।

त्यसपछि फेरि अध्ययन, अनुसन्धान गर्दै जाँदा समाजमा, क्रान्तिको नयाँ चरणको तयारीमा प्रवेश गर्ने पनि हुँदो रहेछ नि मार्क्सवादीहरू ।

त्यसो हुनाले मार्क्स, एगेल्सलाई विघटनवादी, विर्सजनवादी, कम्युनिष्ट अन्तर्राष्टिय नै विघटन गर्न प्रस्ताव गर्दै हिँड्ने, विघटन गर्ने भन्दैनौँ नि, हामी । महान वैज्ञानिक नै भन्छौँ । किनकी उहाँहरूले महान इमन्दारिता प्रर्दशन गर्नु भयो । ढाँट्नु भएन, दुनियाँलाई । ठग्नु भएन । झुटो बोलेर मान्छेलाई भ्रमित पार्ने बुर्जुवाहरूले जस्तो गर्नु भएन ।

अहिले हिँडिरहेको बाटो हामीले ब्रेक गर्ने हो कि होइन ? हामी मुखले मात्रै ब्रेक गर्ने हो कि व्यवहारमै ब्रेक गर्ने हो ? ब्रेक गर्ने विचार, ब्रेक गर्ने राजनीति, ब्रेक गर्ने रणनीति, कार्यनीतिको खोजी हामीले कहिलेदेखि गर्ने ?

एउटा सर्वहार वर्गीय क्रान्तिकारी र वैज्ञानिकले जस्तो आफ्नो वर्गप्रति, जनताप्रति समाजप्रति परिवर्तनप्रति उहाँहरू दृढ भएर उभिनु भयो । त्यो पो महान रहेछ । अनि पार्टी बनाइराख्छौँ, सरकार चलाइराख्छौँ, मन्त्री भइराख्छौँ भन्ने जति पार्टीहरू फाँसिष्ट पार्टीमा पतन भए । हामीले गोर्भाचोभ, यल्तसिनहरू देख्यौँ, अरु–अरु थुप्रै देख्यौँ । पार्टी सिँगै छँदैछ । सबै छ । तर, त्यो क्रान्तिकारी छैन । जनताप्रति इमान्दार छैन । वर्गप्रति इमान्दार छैन । सिद्धान्तप्रति इमान्दार छैन । निष्ठावान छैन । परिवर्तनप्रति निष्ठावान र इमान्दार छैन । त्यस्तो नहुनुभन्दा पार्टी नै विघटन गरेर बरु अध्ययन/अनुसन्धानमा, जनताको सेवामा, किताब लेखेर हुन्छ कि, संस्मरण लेखेर हुन्छ कि बस्नु बढी इमान्दारिताको कुरा हुन्छ ।

यस अर्थमा आज हामी यो केन्द्रीय समितिको बैठक यसो हेर्दा, सामान्य नै छौँ । तर, एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणका निम्ति, नयाँ विचारको विकासको निम्ति संकल्पसहित हामी लाग्नु पर्ने अवस्था छ । अब यो पुरानो विचारले हामीलाई हुँदैन ।

हामीले गरिरहेको कामको निरन्तरता मात्रै गर्ने हो भने हाम्रो पार्टी अब चाहिँदैन । यो पार्टीको औचित्य हुँदैन । जनताले मान्दा पनि मान्दैनन् । हामीले हुँ भने पनि, कुरा क्रान्तिकारी जस्ता गर्ने, काम सबै बुर्जुवाले जस्तो गर्ने, सबै ढोगी, पाखण्डी मान्छे भनेका माओवादी पार्टीमा छन् भन्ने पुष्टि हुन्छ । तर, होइन । हामी क्रान्तिकारी नै हुने हो भने एउटा नयाँ संकल्प गर्नु पर्नेछ । त्यो नयाँ संकल्प गर्दा अहिले हामीले गर्दै आएको प्रक्रियाबाट कही न कही सम्बन्ध विच्छेद गर्नै पर्छ ।

हामी टिकट लिने । सांसद बन्ने । अनि, पैसा उठाउने पुँजीपतिहरूसँग, दलालहरूसँग । अनि उनीहरूले भनेअनुसार चल्नु पर्ने । नचेल चुनाव जितिदैन । पैसा नथुपारे कार्यकर्ता परिचालन गर्न सकिँदैन । अनि, सांसद भएपछि, धेरै नै खर्च भइसकेपछि त्यो उठाउनु पर्यो । अनि, दलालसँग ठेक्का पट्टा, कमिशन यी कामतिर ध्यान दिनै पर्यो । अनि, यति गरेर गर्छाैं भन्दै जाँदा हामी अरु बुर्जुवा रियाक्सननरी जस्तै व्यवहारमा उस्तै हुन जाने भइयो । हेर्दा हेदै त्यता त्यतै गइराखेको छ । हामी सबै थाहा नपाइकन कहाँनेर गएर ब्रेक गर्छाैं ? कुन बिन्दुबाट ब्रेक गरेर हामी क्रान्तिकारी हुने हो फेरि ? हामी वर्गप्रति निष्ठावान हुने, राष्ट्र, जनताप्रति निष्ठावान हुने, साँचो अर्थमा निष्ठावान, मुखकोमा मात्र होइन ।

हामीले ‘बम वार्ड द हेर्डक्वाटर’ गरेका हौँ । केपी ओलीको फाँसीवादी हेर्डक्वाटारमाथि बम हानेको हो, हामीले । अहिले उनी सही नसक्नुको विचित्र किन भएका छन् ? हामीले त्यो सहास गरेको हुनाले नै हो ।

जनयुद्ध या जनआन्दोलनमा या भूमिगत कालमा या अरु बेलामा या सम्पूर्ण रुपले जनताप्रति राष्ट्रप्रति, परिवर्तनप्रति इमान्दार भएर आफै त्याग गर्ने प्रतिस्पर्धा त त्यतिबेला हाम्रो त्यागका लागि हुन्थ्यो । अनि हामी यो बिग्रेको पार्टीलाई कहाँनेर लगेर ब्रेक गर्छाैं त ? कसले गर्छ ब्रेक ?

ब्रेक गर्ने हो कि होइन ? हामीले मुखले मात्रै ब्रेक गर्ने हो कि व्यवहारमै ब्रेक गर्ने हो ? ब्रेक गर्ने विचार, ब्रेके गर्ने राजनीति, ब्रेक गर्ने रणनीति, कार्यनीतिको खोजी हामीले कहिलेदेखि गर्ने ? भन्ने सवाल छ । त्यसकारण हाम्रो औचित्य यो देशमा, कम्युनिष्ट आन्दोलनमा, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र राजनीतिमा पनि सिद्ध गर्नका लागि हामीले संशोधनवादीहरूले हिँड्ने गरेको बाटो हिँडेर क्रान्ति मञ्जिलमा, क्रान्तिको मिसन टार्गेट (लक्ष्य)मा पुग्न सम्भव छैन ।

हामी अलि भिन्न मान्छे थियौँ । अहिले पनि हामी भिन्दै मान्छे हौँ भन्ने सावित गर्ने खालको विचार चाहिएको छ, हामीलाई । त्यस्तो संगठन चाहिएको छ । त्यस्तो कार्यविधि र रणनीति चाहिएको छ । त्यस्तो आचरण र संस्कार विकास गर्ने प्रक्रिया चाहिएको छ ।

हामी कम्युनिष्ट र वैज्ञानिक भन्छौँ । फेरि, कुनै काल्पनिक मान्छे पनि होइनौँ । हामी हुनै नसक्ने कुरा गरेर क्रान्तिकारी हुने भन्ने पनि होइन । हामी त्यस्तो साक्षी पनि होइनौँ । परिस्थितिको सही विश्लेषण गर्ने, मार्क्सवादका सार्वभौम सिद्धान्तलाई प्रयोग गरेर, विचारलाई आवश्यकताअनुसार वर्ग संर्घष र राजनीतिक संर्घषअनुसार जनता र देशको आवश्यकताअनुसार परिमार्जित गर्ने र आफैलाई बदल्ने हो । मार्क्सले हजारौँ ठेली लेख्नु भयो । तर, अन्तिममा भन्दा दुनियाँमा विद्वानहरूले व्याख्या मात्र धेरै गरे । मार्क्सवादको पुँजी कुरा त त्यही हो– संसार बदल्ने ।

हामी अरुभन्दा फरक किन भएको ? हामीले बदल्न आँट गर्याैं क्या । आफैलाई बदल्न आँट गर्याैं, हिजो । समाजलाई बदल्ने आँट गर्याैं । मान्छेलाई बदल्ने र नयाँ ढंगले मान्छे निर्माण गर्ने, समाज निर्माण गर्ने आँट गर्याैं र हामी अरुभन्दा फरक क्रान्तिकारी भयौँ ।

यहाँसम्म परिवर्तन् आउनुका कारण त्यही हो नि । हामीले आफैलाई परिवर्तन गर्ने आँट नगरेको भए, समाजलाई परिवर्तन गर्ने आँट र जोखिम नउठाएको भए, हामी यहाँ त हुने थिएनौँ । हामीले त्यसो गर्याैं । हामी फेरि द्वन्द्ववादी नभएको भए, हामीले वैज्ञानिक ढंगले नसोचेको भए हामी फेरि युद्धको युद्ध भनेर सिद्धिने खतरा थियो ।

सिद्धिएका थिए, त क्रान्तिकारी मार्क्सवादीहरू । बाैद्ध भिक्षुहरू रहेसम्म घण्टी बजाइरहने भन्छौँ नि हामी, केही साथीहरू अझै बजाइरहेका छन्, घण्टी । समाज कहाँ छ, परिवर्तन के हो भन्नेतिर भन्दा या अरु पनि हामीले देखेका छौँ । हाम्रो समकालीन क्रान्तिकारी भन्ने पार्टीहरूको के गति भयो ? कसरी जनताबाट उनीहरू अलग–अलग भए । कसरी प्रतिक्रियावादीहरूले उनीहरूलाई पूराको पूरै ध्वस्त बनाए ? हामीले त्यो पनि राम्रोसँग देख्यौँ ।

अनि, त्यो परिस्थिति भोगेर एउटा एक्स्टिमबाट अर्कै एक्सटिममा जाने र फाँसिष्ट पार्टीमा गएका कम्युनिष्टहरू पनि देख्यौँ । हामी त्यस्तो हुँदैनौँ भन्ने कुराको ग्यारेन्टी कहाँबाट गर्ने ? त्यसको ग्यारेन्टी हामीले सबैभन्दा पहिला विचारमा, राजनीतिक लाइन, हाम्रो संगठनात्मक सिद्धान्तमा खोज्नु पर्ने हुन्छ । विचार, राजनीतिक कार्यदिशा सही हुनु र गलत हुनुमै सबै कुराको निर्धारण गर्छ भन्ने भनाई त्यक्तिकै संश्लेषित गरिएको होइन । त्यस कारण हामीले खोज्नु पर्ने विचारमै हो ।

हामीले भन्यौँ फाँसीवादलाई परास्त गरेरै छोड्दै छौँ । त्यसरी नै लाग्यौँ । एक्लै गएर हुँदैन भन्यौँ । साथी खोज्यौँ । खोज्दा साथी भेटिदो रहेछ । इमान्दार साथीहरू भेटिदो रहेछ । अब नेतृत्वको टिमलाई रुपान्तरण गरेर हामी जानु पर्छ । फेरि हामी बलियो भएर आउने छौँ ।

हामीले खोज्ने संर्घषमै हो । विचारलाई निरन्तर विकसित गर्ने, त्यसको निम्ति आवश्यक पर्ने अध्ययन अनुसन्धान, मेहनत संर्घष गर्ने, संकल्पले मात्रै त्यसलाई विकास गर्छ । त्यो पनि हावामा विकास हुने कुरा होइन । वर्ग संर्घष, उत्पादनका निम्ति संर्घष र वैज्ञानिक प्रयोग भनेर जे संश्लेषण भएको छ, त्यो पनि सानो संश्लेषण होइन । हामी वर्ग संर्घषबाट अलग–अलग भयौँ । र, अर्काे दुष्मन वर्गसँग मिलेर उनीहरूसँग सहकार्य गरेर, उनीहरूसँगै संगत गरेर, उनीहरूले नै दिएको खान थालियो भने हामी क्रान्तिकारी त हुँदैनौँ । त्यो कुरा हामीले देखिरहेकै छौँ । ब्रेक कहाँबाट गर्ने ?

हामीले नेपालमा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने र समाजवाद निर्माणको मौलिक बाटोबाट अगाडि जाने भनेर गठबन्धन गर्याैं । पार्टी एकता गर्याैं । तर, हामीले सोचेको जस्तो दिशातिर गएन । हामीले एकता प्रक्रियामा यसरी गरेको भए राम्रो हुन्थ्यो कि भन्न सकिन्छ । हुन सक्छ, त्यसको समीक्षा पनि गर्नु पर्ने हुन सक्छ ।

हामीले एकताका बेलामा गरेको सहमति कार्यान्वयनमा केही त्रुटी गर्याैं कि ? सहमति कार्यान्वयनमा बेलैमा अलिक जोडदार ढंगले संर्घष गरेको भए, यस्तो परिस्थिति हुँदैनथ्यो कि भन्न पनि सकिन्छ । हामीले दस्तावेज लेख्दा त्यतिबेला सचिवालयमा प्रस्तुत गर्दै गर्दा, नेकपामा हाम्रो पनि कमजोरी भयो भनेर त्यहा समीक्षा गरिएको छ ।

हाम्रो त्रुटी कहाँ भयो भन्ने लेखाजोखा नगरी अगाडि बढ्न सकिँदैन । अरूलाई मात्रै दोष दिएर पनि हुनेवाला केही होइन । तर, त्यही मुख्य हो त ? मुख्य त्यो होइन । कतिपय कमरेडले उठाउनु भएको पनि छ । एकता गर्नु नै गल्ती थियो कि ? तर, त्यस्तो होइन ।

गल्ती भएको छैन । र, फेरि पनि हामी कम्युनिष्ट आन्दोलनको एकताको पक्षमा, क्रान्तिकारी विचार र सिद्धान्तको आधारमा झण्डा उठाइरहनु पर्छ । गल्ती भयो भन्ने निष्कर्ष निकाल्याैँ भने हामी अर्काे अतितिर जाने खतरा हुन्छ ।

हामीले गल्ती गरेका होइनौँ । हाम्रा कमजोरी त भए, त्यसको समीक्षा हामीले गर्नु पर्छ । तर, गल्ती हाम्रो गठबन्धन बनाउनु र कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्नु भएको होइन । त्यो विचार र राजनीतिक दृष्टिकोणले पनि होइन । त्यतिबेला पारित भएको राजनीतिक प्रतिवेदन र विधानबाट हेर्यो भने पनि हाम्रो गल्ती भएको होइन । हामीले माओवादी आन्दोलन, जनयुद्ध र जनआन्दोलनको भूमिका ठिक नै छ भन्ने निचोड निकालिएको छ । यो परिवर्तन र गणतन्त्र के कारणले आयो भन्ने कुरा ठिक– ठिक विश्लेषण गरिएको छ । अर्काे पक्षलाई त्यसमा हस्ताक्षर गराइएको छ । त्यसकारण मूल गल्ती हामीले गरेको होइन ।

एउटा नयाँ परिस्थितिमा क्रान्तिलाई अगाडि बढाउन बृहत्तर महासागरमा हाम्फालेका हौँ, हामी । जोखिम उठाएर, बनाएर छोड्ने देखेको हो हामीले । लिफ्ट गर्ने हो । हामीले छलाङ हानेको हो । तर, प्रतिक्रियावादीलाई यो मन परेन । मैले यो कुरालाई पटक–पटक भन्ने गरेको छु । हामीले पार्टी एकता गर्दा गल्ती गरेको होइन ।

एकता यस अर्थमा पनि गलत थिएन कि, हामीले स्वयम एकतामा आउने अर्काे पक्षको बहुमतलाई समेटेर हामी अगाडि बढेका थियौँ । खाली माओवादी नेताहरू मात्र कत्रक्क एकापट्टी, हिजोका एमाले जति एकपट्टी भएर संर्घष भएको भए त खोई त केही पनि भएन भन्न मिल्थ्यो ।

हामीले त पूर्व एमालेकै बहुमत नेताहरू, स्थायी कमिटीकै कुरा गर्दा दुई तिहाई, केन्द्रीय कमिटीको पुनः दुई तिहाई, सचिवालयको कुरा गर्दा पनि झण्डै दुई तिहाई बनाएर गलत प्रवृतिविरुद्ध, निरंकुशता र प्रतिगमनविरुद्ध लडेको हो, हामीले ।

यताबाट हेर्याैं भने हामीले गरेको गल्ती–कमजोरी मुख्य होइन । मुख्यतः प्रतिक्रियावादी षडयन्त्र, शक्ति सन्तुलन अनेक खालका चिजहरू भए । अझ बढी म भन्न चाहान्छु । हामीले स्थायी कमिटीमा पनि छलफल गरेका छौँ, त्यो के हो भने हामीले कम्युनिष्ट आन्दोलनको दृष्टिकोणले गैर मार्क्स्वादी, अवैज्ञानिक, रुढीवादी, फासीवादी, सामाजिक फासीवादीको रुपमा देखा परेको प्रवृतिविरुद्ध विद्रोह कसले गर्यो ? तपाई हेर्नु भयो भने त्यहीभित्र हिजो निक्कै चर्काचर्का कुरा गर्ने मान्छे अहिले ढलेको ढल्यै, दिनदिनै ढलेको ढल्यै देखेका छौँ, हामीले ।

जब लडाई निर्णायक हुँदै जान थाल्यो । विचार, वर्गको लडाई, प्रवृति, संस्कारको लडाई, कमजोर मान्छे कसरी ढल्दा रहेछन् भन्ने कुरा देखियो । अनुकूल परिस्थितिमा त्यस्ता मान्छे कति चर्काचर्का कुरा गर्दा रैछन् । परिस्थिति अलिक जोखिमयुक्त भएपछि उनीहरूको आफ्नै भविष्य नै के हो ? के हो ? भन्ने देखोपछि कसरी ढल्दा रहेछन् भन्ने देख्यौँ । हामीले त अँध्यारो होस् कि उज्यालो, सत्यको पक्षमा दृढतापूर्वक उभिनु पर्छ भनेर उभियौँ ।

हामी त्यतिबेलाको लिडरसिपको साथीहरूले १९ पृष्ठ लामो प्रस्ताव तयार पार्दै गर्दा र एमालेका पनि अलिक विचार अडिने खालका साथीहरूलाई लिएर देशव्यापी अभियानमा लाग्दा, प्रतिगमनविरुद्ध अभियान चलाउँदै गर्दा, के भन्न खोज्यौँ र कुन कुरा स्पष्ट हुन जरुरी छ भने, हामीले सांस्कृतिक क्रान्ति भन्नुस् एक ढंगले शुरु गरेको हो ।

हामीले ‘बम वार्ड द हेर्डक्वाटर’ गरेका हौँ । मान्छेहरूलाई बुझ्न कतिपयलाई गाह्रो पनि होला । बम वार्ड द हेर्डक्वारटर’ भन्ने थियो नि ! केपी ओलीको फाँसीवादी हेर्डक्वाटारमाथि बम हानेको हो हामीले । अहिले सही नसक्नुको विचित्र किन भएका छन् त ? भन्दा हामीले त्यो सहास गरेको हुनाले नै हो ।

हामी त्यतै-त्यतैतिर, एकता गरिहाल्यौं जस्तो भए पनि भनेर अहिले जसरी ढलेका छन् । एकपछि अर्काे गर्दै, हामी पनि ढलेको भए के हुन्थ्यो ? कम्युनिष्ट आन्दोलन के हुन्थ्यो ? नेपालको क्रान्तिकारी आन्दोलन के हुन्थ्यो ? तपाई हामी के हुन्थ्यौँ ? राष्ट्र के हुन्थ्यो ? संसद विघटन भइरहन्थ्यो । प्रतिक्रान्ति हुन्थ्यो । १२ बुँदे सम्झदारी उल्टिन्थ्यो । शान्ति प्रक्रिया टुग्याऔँ भन्ने स्थिति पनि नपाइने हुन्थ्यो । अनि के हुन्थ्यो ?

अहिले हामी मज्जाले यहाँ बसेर जो बहस गर्ने अवसर पाएका छौँ । हामी सबैले सामूहिक रुपले । हामीले अवसरवाद र संशोधनवादका विरुद्ध विद्रोह गर्नु मार्क्सवाद भन्ने सत्यलाई दह्रोसँग पकडियौँ ।

एक्लै कसैलाई कुनामा बसेर रोएर । कराएर अनि यी सब अवसरवादी, यी सब संशोधनवादी भन्ने अनि देश प्रतिक्रान्तितिर जाने काम हामीले गरेनौँ । हामी जनतासँगै बस्यौँ । जनतालाई लिएर हिड्यौँ । हामी पार्टीसँगै बस्यौँ । अझ एक्ताबद्ध पार्टीको ठूलो हिस्सालाई नै लिएर हिड्यौँ । तिनलाई नै विद्रोहमा उतार्यौं । लाखौँ जनतालाई साथ लिएर प्रतिक्रान्तिलाई परास्त गर्यौं । कसले गर्यौं ? तपाई हामी सबैले गर्यौं ।

त्यसकारण हामीले गलत गर्यौं भन्न मिल्दैन । त्यसो भन्यौँ भने, गलत हुन्छ । त्यो होइन । हामीले एकता गर्दा पनि एउटा निरन्तरतामा क्रमभंगता गरेर क्रान्तिकारी प्रयोग गरेर जोखिम उठाएकै हाैँ । ओलीको निरकुंश र फासीवादी प्रवृतिलाई परास्त गर्न हामीलाई के थाहा थियो, भन्नुस त । संसद विघटन भएको थियो, भइरहन्थ्याे । सेटिङमा छ । सेटिङ जस्तै देखिन्थ्यो फेरि ।

सबैलाई थाहा छ नि– पावरजति प्रतिक्रान्तिकारी, प्रतिगमनकारी, फासीष्टहरूको हातमा छ । प्रधानमन्त्री उनै छन्, सबै सेटिङ भएको छ । राज्यका सम्वैधानिक आयोगहरू, सेक्युरेटीहरू, अंगहरू सबै सेटिङमा चलेको छ । चिजहरू कतिसम्म भयो भने हामीतिर फर्किन पनि नदिने भयो । ४/५ महिनादेखि कोही कर्मचारी हामीतिर फर्किंयो भने त्यसलाई तुरुन्तै व्याल्कलिष्ट गरिन्थ्यो । आतंकित पारिन्थ्यो । सरुवा गरिन्थ्यो, के –के गरिन्थ्यो ।

यो प्रवृति फेरि राष्ट्रिय आत्मसमर्पणवादी प्रवृति पनि थियो । यो प्रवृतिविरुद्ध पनि हामी जुधेर लड्यौँ । विदेशी प्रतिक्रियावादी र साम्राज्यवादीका अगाडि घुँडा टेकेको पनि देखिएकै थियो । भित्र पूरै निरकुंश ढंगले गएको पनि देखिएकै हो । कम्युनिष्ट पार्टी, कम्युनिष्ट पार्टीको नेता भनेको छ, कहिले सुनको जलप जलहरीका कुरा छ कहिले राम लक्ष्मणको मूर्ति लगेर राखिदिएको छ ।

साच्चै यो पार्टीलाई रुपान्तरण गर्ने, हो भने हामीले आगो बाल्नु पर्ने हुन्छ । झिल्का बनेर हिजो निस्केको रुपान्तरण हुन्छ । सहज ढंगले हुँदैन । त्यो कुरा बुझिएको छ ।

अनि यो संर्घष सामान्य संर्घष हो त ? सबै पावर, शक्ति सबै उनकै हातमा, वातावरण आतंकित बनाइएको छ । हामीले ठिक यहीबेला यो प्रवृतिलाई परास्त गरी छोड्नु पर्छ । आवश्यक परे अब जेल पर्न सकिन्छ । मारिन सकिन्छ । जे पनि हुन सक्छ भन्ने हामीलाई लागेको थियो । तर, के सत्य हो भने फेरि एकपटक जेल जान परे पनि ठिक– जाने । मर्न परे पनि मर्ने । जनतासँग जाने । भिड्ने भनेर भिडेको हो ।

थाहा थिएन– संसद पुर्नस्थापना हुन्छ भन्ने पनि थिएन । हामीले दृढताका साथ भन्यौँ, डराएर भनेनौँ, डारएको जस्तो गरेनौँ । हामीले दृढताका साथ नै भन्यौँ– ओलीले गरेको यो प्रतिक्रान्ति नै हो खबरदार । त्यसपछि हामीले त्यो शक्ति र प्रवृतिलाई परास्त गरेरै छाडियो ।

हामी एक्लै उभिएको पनि होइन । लाखौँ जनतासहित बसेर गएको हुनाले हामीले जितेको हो । दोस्रोपटक आइपुग्दा त हामी धेरै बलियो भयौँ । गठबन्धन बन्यो । सारा बन्यो । त्यसपछि त बादशाह घोडाबाट खसाल्ने भने जस्तो । मान्छेलाई लाग्न थालेको थियो । केपीलाई कसैले पनि ढाल्न सक्दैन । उनी झन बलियो हुँदै गएका छन्, तर पछारियो ।

पछारिदो रहेछ नि जनतासँग मिलेर क्रान्तिकारी ढंगले आँट गर्दा । हुँदो रहेछ नि त । भयो । खतरा अहिले पनि छन् । चुनौती अहिले पनि छन् । त्यो कुरा बुझिएको छ । यो केन्द्रीय कमिटी बैठक कस्तो बेलामा बसेको छ र, त्यो संकल्प गर्न आज हामीले परेको छ भने, हामीले स्थायी समितिमा पटक–पटक छलफल गर्दै कहिले काही हामी बडो राजनीतिक रुपमा हुँदै पनि छ । साच्चै यो पार्टीलाई रुपान्तरण गर्ने, हो भने हामीले आगो बाल्नु पर्ने हुन्छ । झिल्का बनेर हिजो निस्केको रुपान्तरण हुन्छ । सहज ढंगले हुँदैन । त्यो कुरा बुझिएको छ । तर यो रुपान्तरण गरेर हामीले त्यसलाई परास्त गर्न सकिन्छ भन्ने हो । सक्नै पर्छ हामीले ।

हामीले फेरि एकपटक वर्ग, सिद्धान्त, विचार र प्रवृतिलाई नयाँ ढंगले उठाउन सक्यौँ भने हामीलाई कसैले हराउन सक्दैन । त्यसैले बैठकमा प्रस्तुत गरेको प्रस्तावले हामी सबैलाई नयाँ ढंगले विचारको विकास गर्न, रणनीति र कार्यनीतिको विकास गर्न, रुपान्तरणको एउटा नयाँ अभियान शुरुवात गर्नका लागि उद्देलित पारेको छ । एउटा भूमिका तयार भएको छ । यो भूमिका मात्र हो । यो रियलमा दस्तावेज त होइन । यो दस्तावेजको तयारी हो ।

तपाई–हाम्रो अगाडि, यो नेतृत्व टिमको अगाडि एउटा अवसर छ । सायद त्यो अवसर हामो लागि अन्तिम बनेर आएको हो कि । त्यो अवसर भनेको हामी फेरि एकपटक क्रान्तिकै झण्डा उठाएर अगाडि जाने, परिवर्तनकै झण्डा उठाएर निरन्तरता दिने, जरूरी पर्दा त्यागको फेरि एउटा नयाँ उदाहरण प्रस्तुत गर्ने, संकल्प गरेर जनताका बीचमा जाने र जनतासँग जोडिएर नेपाली क्रान्तिलाई नयाँ ढंगले लैजाने अवसर छ, हाम्रा अगाडि ।

हुन सक्छ, यो राष्ट्रिय अवसर छ । हाम्रोअगाडि एउटा ठूलै चुनौती सँगै छ । हामी आफूलाई बदल्ने कि, हामीले समाजलाई बदल्ने कि, हामी अरु बुर्जुवा जस्तै भएर सिद्धिएर जाने ? यो चुनौती हाम्रो अगाडि छ ।

हामी त्यस्तै-त्यस्तै हुने रहेछ भने हामीले देख्यौँ नि । यही बाटो हिँड्दै जाने भनेर यसरी जाने भए पुगिने भनेको ठाउँ त उही ठाउँ त हो केपी पुगे, गोर्भाचोभहरू पुगे, त्यही पुग्दो रहेछ ।

हामीले अहिले ठिक लेनिनलाई पक्डिएर भनिरहेका छौँ । के भनेका छौँ भने, यो पूर्ण भयो त भन्दा होइन । सामान्तवादका अवशेष अहिले पनि बाँकी छन् । राष्ट्रिय स्वाधिनताको लडाई झन पेचिलो भएर दलाल पुँजीपति वर्गसँगको संर्घष मुख्य भएर आइरहेको छ । त्यो लडाइए पनि हामीले लड्नै पर्छ ।

तर, समाजवादी क्रान्तिको रणनीति अर्न्तगत लडिन्छ, भनेका छौँ हामीले । राष्ट्रिय सम्मेलनसम्म हामीले यो बहसलाई सकारात्मक रचनात्मक ढंगले बढाउनु छ । एउटा ठूलो संश्लेषणमा पुग्नु छ, ४/५ महिनापछि ।

हामी कहाँ कम्युनिष्टहरूको यत्रो वर्चश्व छ । ठूलो कुरा यही हो । कम्युनिष्टहरूलाई धरासाही बनाउन ठूलै संघर्ष चलिरहेको छ, विश्वमा । तर, नेपालमा वर्चश्व कम्युनिष्टकै भएको हो नि ।

कम्युनिष्टहरूले नै यो राष्ट्रलाई बचाउछन् । कम्युनिष्टले नै जनताको रक्षा गर्छन् भन्ने विश्वास थियो । त्यो किन भयो भने हामीले साम्राज्यवाद विरोधी संर्घष, समान्तवाद विरोधी संर्घषमा र राष्ट्रिय स्वाधिनताको लडाईमा पनि अगाडि बढेका थियौँ ।

२००६ सालदेखि अहिलेसम्मको रेकर्ड हेर्यौं भने राष्ट्रिय स्वाधिनताको पक्षमा कम्युनिष्टहरू नै खरो उत्रिए । भलै तिनीहरूको पनि बेला–बेलामा कमजोरी भएको छ । त्यो समीक्षाको अर्काे विषय छ । तर, राष्ट्रिय स्वाधिनता, विदेशी हस्तक्षेप, दबाब, उत्पीडनका विरुद्ध खडा भएको अनि नेपाल आन्तरिक रुपमा आउँदा सामान्तवादको, निरकुंशता, पञ्चायती तानाशाहीविरुद्ध सबै खाले भूमिगत प्रक्रियाबाट, जेलनेल सबै खपेर सामान्तवादविरुद्ध लड्यो ।

कम्युनिष्टहरू आँट गर्ने, जनयुद्ध र पछिल्लो जन आन्दोलनले एउटा बन्यो । र, कम्युनिष्टहरूको नेतृत्वमा परिवर्तन भयो, नेपालमा ।

बुर्जुवा जनवादी क्रान्तिको एउटा मुलभूत पक्ष कम्युनिष्टको नेतृत्वमा भएकाले हामीले ग्राउण्ड फेला पारेका छौँ । भलौ हामी कुन कुरामा भ्रममा छैनौँ भने सामान्तवाद पूरै निमिट्यान्न पार्यौं भन्ने होइन । सामान्तवादको अवशेष अहिले पनि छ । हामीले त्योसँग लड्नु छ । जनवादी क्रान्तिका बाँकी कार्यभार छन् हामी लड्नु छ । राष्ट्रिय स्वाधिनताको लडाईं हामीले अझै लड्नु छ । हामीले समाजवादभित्रै लड्ने हो नि । राष्ट्रिय स्वाधिनताको लडाईं । समाजवादी क्रान्तिको रणनीति अर्न्तगत नै रहेर लड्ने हो ।

नेपालमा पुँजीवादी जनवादी क्रान्तिको नेताको रुपमा हामी कम्युनिष्टहरू स्थापित भयौँ, देखियो । भूमिका खेल्यौँ एकतिर भने अर्काेतिर हाम्रो यो पार्टी हामीले केन्द्रीय समितिबाट संकल्प गरेर, राष्ट्रिय सम्मेलनसम्म संगठन बनाएर आयौँ भने अर्काे चुनावसम्म पुग्दा हामी एक नम्बर हुने सम्भावना छ । हामी एक नम्बर हुन्छौं, हेर्नुहोला।

पहिला पनि त्यत्ति पत्याइनथ्यो । कतिपयलाई विश्वास लाग्दैनथ्यो, हामी एक नम्बर हुन्छौँ । हुँदैनथ्यौँ भन्ने लाग्थ्यो । हामी लडेर जाँदा त भइदो रहेछ नि त । हामीले खाली क्रान्तिको नेतृत्व मात्र गरेको होइन । प्रतिक्रान्तिविरुद्ध पनि खरो उत्रियौँ, अहिले । अहिले जनताले कसले बचायो यो संविधान, कसले बचायो संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक-समावेशीता ? भन्दा अहिले यतिवेला जनताले हामीले धेरै नभने पनि हाम्रो व्यवाहार र संर्घषबाट बुझेका छन् ।

अन्तत: माओवादी पार्टी नै रहेछ । अहिले तपाईले हेर्नु भयो भने टोल टोलमा हामीलाई गाली गर्नेहरू पनि माओवादी नै ठिक रैछन् । उनीहरूले नै संविधान र देश बचाए, भन्ने कुरा बोल्न थालेका छन् । यो सानो कुरा भएको होइन । यो धेरै ठूलो कुरा हो ।

यसलाई हामीले जोगाउन सक्छौँ, सक्दैनौँ । त्यो चुनौती हामीलाई छ । अरुलाई होइन । हामीले आफूलाई बदल्ने ढंगले संकल्पका साथ गर्यौं र यो परिवर्तनको रक्षा गर्न सक्यौँ भने यो चुनाव पनि जित्छौँ । आन्दोनलमा पनि हामी हुन्छौँ । राष्ट्रिय–अन्तर्राष्ट्रियका रुपमा पनि नेपालको असली प्रतिनिधिका रुपमा हामी हुन्छौँ । तर, अहिले हामी पूर्ण विजय भएको हो त ? माओत्सेतुडले त्यत्रो सांस्कृतिक क्रान्तिबाट गुज्रिदै गर्दा पनि पुँजीपति वर्गले जित्छ कि समाजवादी कम्युनिष्टले जित्छ भन्ने टुंग्गो भएको छैन भन्नु हुन्थ्यो ।

हामीले जितिसक्यौँ भनेर अहंकार गर्ने ठाउँमा छैनौँ, हामी । विगतको घमण्ड र अंहकार पनि देखायौँ, हामीले । एक जनाले जितेपछि सबै जितिन्थ्यो । अलि-अलि नेतृत्वले गल्ती गरेकाले जित्ने सकिएन भन्ने लाग्यो हामीमध्ये कतिपय, साथीहरूलाई ।

यता, हेरेको पनि जितेको, उता हेरेको पनि जितेको भनेर दंग परेका थियौँ । आफूलाई मूलधारका पार्टी भन्ने ठूला पार्टीहरू कांग्रेस, एमाले हेर्यो भने जतासुकै हारेको छ । त्यसबेला हाम्रो भुँइमा खुट्टा नै रहेन । अनि हामीले धर्ती छोडिदियौँ । त्यसरी हामीले धर्ती छोड्दा जनताले राष्ट्रले दु:ख पाएकै हो ।

अहिले हामी प्रतिक्रान्ति, प्रतिगमनविरुद्ध लड्ने भनेर फेरि सडकमा जब गयौँ । सबै परिवर्तनकारी शक्तिहरू फेरि नजिक आउने, फेरि मोर्चा बनाउने/बन्ने, फेरि पार्टी एकता हुने परिस्थिति बनेको छ । यसलाई हामीले अंहकार नभई बडो गम्भिरातापूर्वक, बुद्धिमतापूर्वक जगेर्ना गर्न सक्याैँ भने फेरि हामी कम्युनिष्ट आन्दोलनको नेताको रुपमा स्थापित हुन सक्छौँ । त्यो अवसर हामीलाई छ ।

सकेनौँ भने फेरि जाने खतरा छ । गुम्ने खतरा पनि छ । हजार कमजोरी भए पनि के गर्ने यसैलाई उठाउने हो । जोड्ने, कोपर्ने यसैलाई हो भनेर कतिपय साथीहरूले मार्मिक ढंगले कुरा राख्नु भयो । मैले त्यस्तो ठानेको छैन । एउटा ऐतिहासिक जिम्मेवारी हो । अन्तिमसम्म संर्घष गर्ने भनेर हिजो हामी हेलिएको हो । जिन्दगी त्यसैमा समर्पित गरेको हो । फेरि, गर्ने हो । हामीलाई गौरव छ । हाम्रो यो लिडरसिप चिसो बाटोमा गएर पलेटी कसेर बस्दा हामीले गौरव महुसस गरौँ, एउटा ठूलो भूमरीबाट निक्लेको जस्तो, सुरुङभित्रबाट बाहिर खुल्ला आकाशमा आएको जस्तो महसुस भयो ।

हामीले भन्यौँ फासीवादलाई परास्त गरेरै छोड्दै छौँ । त्यसरी नै लाग्यौं । एक्लै गएर हुँदैन भन्यौँ, साथी खोज्यौँ, खोज्दा साथी भेटिदो रहेछ नि त । इमान्दार साथीहरू भेटिदो रहेछ । त्यस कारण नेतृत्वको टिमलाई रुपान्तरण जानुपर्छ । हामी सबै नयाँ भएर बदलिनु पर्छ । फेरि, हामी बलियो भएर आउने छौँ ।

हामीले केन्द्रीय समितिबाट संकल्प गरेर, राष्ट्रिय सम्मेलनसम्म संगठन बनाएर आयौँ भने अर्काे चुनावसम्म पुग्दा हामी एक नम्बर हुने सम्भावना छ । हामी एक नम्बर हुन्छौँ, हेर्नुहोला ।

नेपाली क्रान्तिलाई साच्चै नयाँ उचाईमा पुर्याउन दिशाबोध गर्न सक्ने गरेर हामी जानु पर्छ । त्यसो गर्न सकेनौँ भने हामी रुमल्लिन्छौँ । त्यो खतर पनि छ । हामीले त्यसो हुन दिनु हुँदैन । दिँदैनौँ पनि । हामी सबैले हाम्रा औचित्य, हजारौँ सहिदहरूको रगतको औचित्व सावित गर्नु पर्छ । हामीले प्रतिगमनविरुद्ध लडेर त्यसलाई सावित गरेको हो । र, अन्तिमसम्म लडेर त्यसलाई स्थापित गर्नु पर्छ । हामी सक्छौँ । हामीले सक्नु पर्छ ।

हामी संकल्पमा छौँ । हामी जस्तोसुकै कठोर भए पनि संर्घष गरेरै हामी अलग्गै हुनु पर्छ । हामी अरु जस्तो होइन भनेर हामीले सिद्ध गर्नु छ । त्यसको निम्ति आत्म समीक्षा गर्न हामी तयार छौँ । हामीले आफैलाई चिरफार नगरी हामी बदलिने वाला छैनौँ । तर, अब हामी बदलिने छौँ । नयाँ हुने छौँ । र, फेरि देशको नेतृत्व गर्ने पहिलो पार्टी बन्ने छौँ ।

“नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय समितिको बैठकको समापनमा दिएको मन्तव्यको सम्पादित अंश”

प्रतिक्रिया