शुक्रबार, असार १, २०८१

सरकारले अफ्ताब आलमलाई छाड्न खोज्दै छ : सांसद चौधरी

मेरोन्यूज २०७८ साउन २६ गते १३:३९

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सरकारमाथि प्रश्न गर्दै अफ्ताम आलमलाई छुटाउन खोजिएको आरोप लागेको छ । प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले आलमलाई छाड्न सरकार लागिपरेको बताएकी हुन् ।

Advertisement

‘विजय कुमार छाडियो, अफ्ताब आलाम छाड्दै छन्,’ सभामा बोल्दै उनले भनिन्, ‘गठबन्धनले जनताको आवाज सुन्नुभन्दा आरोपीलाई छाड्न खोजिदै छ ।’

अफ्ताम आलमले निर्वाचनको समयमा बम बनाउन लाग्दा विस्फोट हुँदा घाइते भएका २२ जना व्यक्तिहरूलाई जिउँदै इट्टा भट्टामा जलाएर हत्या गरेका थिए ।

यस्तै, उनले अहिलेको सरकारले जनताको आवाज नबुझ्ने भएकाले भूमिसम्बन्धि समस्या आयोग खारेज गरेको आरोप लगाइन् ।

प्रतिक्रिया