बुधबार, जेठ २, २०८१

प्रधानसेनापति थापा घर बिदामा, कायममुकायमको जिम्मेवारी शर्मालाई

मेरोन्यूज २०७८ साउन २६ गते ९:४१

काठमाडाैं । प्रधानसेनापति पूर्णचन्द्र थापा आजबाट घर बिदामा बसेका छन् । थापाको तीन वर्षे कार्यकाल आउँदो भदौ २४ गते सकिँदै छ, त्यसको एक महिनाअघि उनी घर बिदामा बस्न लागेका हुन् ।

Advertisement

प्रधानसेनापति थापाले सोमबार कायममुकायम प्रधानसेनापति तथा बलाधिकृत रथी प्रभुराम शर्मालाई कार्यभार हस्तान्तरण गरिसकेका छन् ।

सैनिक मुख्यालय जंगी अड्डामा सोमबार आयोजित कार्यक्रममा थापाले शर्मालाई आफ्नो जिम्मेवारीको अख्तियारी प्रदान गरेका थिए ।

उनले भदौ २४ गते प्रधानसेनापतिको पूर्ण जिम्मेवारी शर्मालाई बुझाउने छन् । शर्मा नेपालको ४४ औं प्रधानसेनापति हुने छन् ।

यसअघि यही साउन १७ गते बसेको मनित्रपरिषद बैठकले शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया