बुधबार, जेठ २, २०८१

बेनीमा आगलागीः दुई वटा पसलमा क्षति

मेरोन्यूज २०७८ साउन २६ गते ८:२७

गलेश्वर । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन् । बेनी नगरपालिका–८ स्थित न्यूरोडमा अवस्थित रघुगङ्गा डेरी र नयन स्टोर्समा आज विहान आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति भएको छैन ।

Advertisement

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

आगलागीबाट लाखौं मूल्यको सामान जलेर नष्ट भएको नयन स्टोर्सका प्रोपाइटर जगननाथ शर्माले जानकारी दिए । डेरी पसलभित्र बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने जनाइएको छ ।

प्रतिक्रिया