बिहीबार, जेठ ३, २०८१

आज प्रदेश १, वागमती र लुम्बिनी प्रदेशमा मेघ गर्जन सहित भारी वर्षा हुने

मेरोन्यूज २०७८ साउन २६ गते ६:५७

काठमाडौं । हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, वागमती प्रदेश र लुम्बिनी प्रदेश को एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै राती देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र वागमती प्रदेशको एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया