बिहीबार, जेठ ३, २०८१

पारस खड्का सम्मान ७७ नम्बर जर्सी प्रयोग नहुने

मेरोन्यूज २०७८ साउन २४ गते १५:१५

काठमाडौँ । नेपाल क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको सम्मानमा ७७ नम्बरको जर्सी प्रयोग नगर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले गत साता अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका खड्काले लगाउँदै आएका ७७ नम्बरको जर्सी प्रयोगमा नल्याउने निर्णय गरेको हो ।

Advertisement

क्रिकेटर पारसले दुई वर्षअघि कप्तानको पदबाट राजीनामा दिएका थिए । यस्तै, केही दिनअघि उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट समेत सन्यास लिएका थिए ।

पारसले नेपाली क्रिकेटलाई दिएको योगदानमा ७७ नम्बरको जर्सी प्रयोग नगर्ने क्यानले जनाएको हो ।

प्रतिक्रिया