शुक्रबार, वैशाख ७, २०८१

भूमि आयोग खारेजविरुद्ध युवा संघको विरोध प्रदर्शन (फोटोफिचर)

जुली गिरी २०७८ साउन २१ गते १७:०२

काठमाडौं । राष्ट्रिय युवा संघले भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध विरोध प्रदर्शन गरेको छ । बिहीबार युवा संघले मनोहराको सुकुम्बासी बस्तीबाट कालो ब्यान र प्लेकार्डसहित जुलुस निकालेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भूमि आयोग गठन गरेको थियो । तर, मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

आयोगले १२ लाख भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानको तयारी गरेको थियो । आयोग खारेज गरेर सरकारले जनता विरोधी काम गरेको युवा संघले बताएको छ । विरोध प्रदर्शनमा युवा संघका इन्चार्ज महेश बस्नेत सहभागी भएका थिइनन् ।

विरोध प्रदर्शनमा युवा संघका इन्चार्ज महेश बस्नेत सहभागी भएका थिइनन् । विरोध प्रदर्शनमा भूमिहीन तथा सुकुम्बासी पनि सहभागी भएका थिए ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया