शुक्रबार, वैशाख ७, २०८१

आगामी ५ महिनामा करिब २ लाख कोरोना संक्रमित थपिने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

मेरोन्यूज २०७८ साउन २१ गते १६:५२


काठमाडौं ।आगामी पाँच महिनाभित्र एक लाख ९३ हजार ८ सय ५६ जना कोभिड संक्रमित थपिने प्रक्षेपण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन शाखाले अबको पाँच महिनामा थप एक लाख ९३ हजारमा कोरोना संक्रमण देखिने प्रक्षेपण गरेको छ ।

आज प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा महाशाखा प्रमुख डा. गुणराज लोहनीले गरेको तथ्यांकमा पाँच महिनामा ३८ हजार ७ सय ७१ जनालाई अस्पतालबाट उपचार सेवा आवश्यक पर्नसक्ने बताए ।

संक्रमित हुनेमध्ये ८० प्रतिशत सामान्य, १५ प्रतिशत जटिल, ५ प्रतिशत गम्भीर हुनसक्ने र ९ हजार ६ सय ९३ जनालाई सघन उपचार (आईसीयू) सेवा आवश्यक पर्नसक्ने प्रक्षेपण गरिएको छ ।

महाशाखाको तथ्याकंअनुसार साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोजमा ३८ हजार ५९७, कात्र्तिकमा ३१ हजार ४४ र मंसिरमा २५ हजार १८३ जना नयाँ संक्रमित थपिने जनाएको छ ।

प्रतिक्रिया