शुक्रबार, चैत १६, २०८०

लुम्बिनी प्रदेशसभाको साउन २७ मा विशेष अधिवेशन आह्रवान

मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथी छलफल हुने

मेरोन्यूज २०७८ साउन २१ गते १६:१९

काठमाडौं । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गतेका लागि आह्रवान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गते दिनको १ वजे बस्नेगरी आह्रवान गरेका हुन् ।

काग्रेस, माओवादी लगायतका दलका सांसदहरुले प्रदेश सभा वैठक बोलाउन प्रदेश प्रमुख शेरचनसाग समावेदन दिएका थिए । सोही आधारमा प्रदेश प्रमुख शेरचनले प्रदेश सभाको विशेष अधिवेशन आह्रवान गरेका हुन् ।

प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलमाथी अविश्वास प्रस्ताव कांग्रेस, माओवादी लगायतका ३४ सांसदले तेस्रो पटक दर्ता गराएका थिए ।

Advertisement

प्रतिक्रिया