बिहीबार, वैशाख १३, २०८१

बिमला वली प्रकरण

लुम्बिनीको मुख्यमन्त्रीमाथी चार दलको गम्भिर आक्षेप : अपराधको बलमा सरकारमा टिक्ने दुस्वप्न नदेख्न चेतावनी

मेरोन्यूज २०७८ साउन २१ गते १६:११

वुटवल । नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका चार दलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमाथी गम्भिर आक्षेप लगाएका छन् । प्रदेश सांसद बिमला वलीले एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक भूमिश्वर ढकालले आफुलाई जर्वजसती मुख्यमन्त्रीको निवासमा पुराएको र मुख्यमन्त्री स्वंमले एमालेमा रहन भन्दै जर्वजस्ती निवासमा वन्धक बनाएको, जर्वजस्ती हस्ताक्षर गराएको र मानसिक पीडा दिएको आरोप पत्रकार सम्मेलन गरी लगाएपछि चार दलले मुख्यमन्त्री पोखरेलमाथी गम्भिर प्रश्न उठाएका हुन् ।

नेपाली काग्रेसका लुम्बिनी प्रदेशका प्रमुख सचेतक फखरद्दिन खान, माओवादी केनद्रका प्रमुख सचेतक तुलाराम घर्तीमगर, जसपाका उपनेता सुमन शर्मा रायमाझी र राष्ट्रिय जनमोर्चाका तारा जिसि ले विहिवार संयुक्त वक्तब्य जारी गदै सांसद मिबला वलीलाई मुख्यमन्त्री पोखरेलको निवासमा वन्धक वनाइएको घटनामा प्रत्यक्ष संग्लन्न अपराधीलाई तत्काल कानुनको कठाघरामा उपस्थित गराउन माग गरेका हुन् ।

सांसद बिमला वलीले आफुलाई एमालेमा रहन दवाव दिने उदेश्यले मुख्यमन्त्री शंकर पोखरेलको निवासमा पुराएर बन्धक बनाएको आरोप लगाउँदै विहिवार नै माओवादी संसदयि दलको कार्यालयमा पत्रकार सम्मेलन गरेकी थिइन् ।

त्यसपछि उक्त घटनाको दोषीलाई कानुनी कारवाही गर्न कांग्रेस, माओवादी केन्द्र लगायतका चार दलले घटनाका दोषीलाई कानुनी कठ्घरामा उभ्याउन माग गरेका छन् ।

उनीहरुले अपराधको बलमा सरकारमा टिकिरह्ने दुस्वप्न नदेख्न पनि प्रदेश सरकारलाई चेतावनी दिएका छन् ।

अविश्वास प्रस्तावको सामना नगर्ने, बजेट पेश नै नगर्ने र संसद बहिष्कार गर्ने अन्य पार्टी तोडफोड गर्ने जसता घटना त गरिनै रहेको भन्दै पछिल्लो समय केन्द्रीय संसदमा जस्तै मुख्यमन्त्री स्वंम सांसद अपहरण, धम्की र किनवेचको अपराधिक तरिका अपनाउँदै सांसदलाई शरीर बन्धक अपहरणमा संग्लन्न हुँदै गईरहेको त होइन भनी गम्भिर आशंका पनि ब्यक्त गरेका छन् ।

प्रतिक्रिया