शुक्रबार, चैत १६, २०८०

एमाले नेता नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु

मेरोन्यूज २०७८ साउन २१ गते १४:३५

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बिहीबार बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो ।

बैठकमा सहभागी हुन नेपाल पक्षका केन्द्रीय कमिटी सदस्यहरु देशभरबाट आएका छन् । आजको बैठकबाट एमाले विभाजन हुने वा नहुनेबारे अन्तिम टुंगो लाग्ने नेताहरुले बताएका छन् ।

बैठकमा पार्टी एकता, सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफल भइरहेको जनाइएको छ । नेता नेपाल पक्षको केन्द्री कमिटी बैठक अनधिकृत भन्दै एमालेले आपति जनाएको छ ।

प्रतिक्रिया