शनिबार, वैशाख १५, २०८१

नेता नेपाल पक्षीय बैठकमा उपाध्यक्ष रावल सहभागी

मेरोन्यूज २०७८ साउन २१ गते १४:२४

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष भिम रावल पनि सहभागी भएका छन् । रावल पार्टी एकता कायम गर्न नेता नेपाललाई दबाब दिदै आएका छन् ।

पछिल्लो समयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नजिक भएका रावल यसअघि नेपाल पक्षको स्थायी कमिटी बैठकमा सहभागी भएका थिएनन् । नेता नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बिहीबार बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बसिरहेको छ ।

पार्टी एकता, सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफल भइरहेको जनाइएको छ । नेता नेपाल पक्षको केन्द्री कमिटी बैठक अनधिकृत भन्दै एमालेले आपति जनाएको छ ।

प्रतिक्रिया