बिहीबार, चैत १५, २०८०

प्रहरीको जागिर खान घुस लिने र दिने पक्राउ

मेरोन्यूज २०७८ साउन २१ गते १२:५२

काठमाडौँ । प्रहरीमा जागिर खान भन्दै घुस लिने र दिने दुवै पक्षलाई पक्राउ गरेको छ । प्रदेश १ प्रहरी तालिम केन्द्रले घुस लिने र दिने ६ जनालाई पक्राउ गरेको हो ।

विराटनगरस्थित प्रदेश १ प्रहरी तालिम केन्द्रमा जवानको अन्तर्वार्ता परीक्षा उत्तीर्ण गराइदिने भन्दै घुस लिने र दिने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भोजपुर पौवादुङमा गाउँपालिका ६ का २३ वर्षीय सूर्य राई, सोही ठाउँका २२ वर्षीय संगम राई र १९ वर्षीय सागर राई छन् ।

यसैगरी धनकुटा साँगुरीगढी गाउँपालिका ८ का १९ वर्षीय सरोज राई, २७ वर्षीय राजकुमार राई र धनकुटा सहिद भूमि गाउँपालिका ३ का २१ वर्षीया खापाङ राई रहेका छन् ।

पक्राउ परेका सूर्य, खापाङ र राजकुमारले प्रहरी जवानान भर्ना हुन चाहेका संगम, सागर र सरोजबाट घुस लिएका थिए । उनीहरूले नक्कली परीक्षार्थी बनेर कीर्ते गरेका थिए ।

पक्राउ परेकाहरूलाई तालिम केन्द्र रानीले कानुनी कारबाहीका लागि जिल्ला प्रहरी मोरङको जिम्मा लगाएको छ ।

Advertisement

प्रतिक्रिया