शुक्रबार, चैत १६, २०८०

कांग्रेस नेता पौडेल पक्षको बैठक सुरु

मेरोन्यूज २०७८ साउन २१ गते १२:३१

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक सुरु भएको छ । प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक सुरु भएको हो ।

बैठकमा महाधिवेशनका लागि संकलित क्रियाशील सदस्यता विवाद, विशेष महाधिवेशन प्रस्तावसहितका विषयमा छलफल भइरहेको छ। यो बैठकमा कांग्रेसको महाधिवेशनलाई लिएर अरु वैकल्पिक प्रस्तावमाथि पनि छलफल भइरहेको छ । समयमा महाधिवेशन गराउन नसक्ने हो भने पौडेल पक्षले विशेष महाधिवेशनको प्रस्ताव गदै आएको छ । तर प्रधानमन्त्री समेत रहेका कांग्रेसका सभापति शेरवहादुर देउवाले भने समयमै महाधिवेशन हुने जिकिर गरिरहेका छन् ।

समयमा महाविधेशन गराउनका लागि क्रियासिल सदस्यता विवाद मिलेको छैन ।

बैठकले पौडेल पक्षबाट मन्त्री बन्नेको नामावली टुंगो लगाउने जनाइएको छ । बैठकले महाधिवेशन तोकिएकै मितिमा हुनु पर्ने दबाब दिने बताइएको छ ।

उबैठकमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिंह, महामन्त्री डा.शशांक कोइराला, नेताहरू डा. मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी र बलबहादुर केसी लगायतका नेताहरु सहभागी छन् ।

Advertisement

प्रतिक्रिया