शुक्रबार, वैशाख ७, २०८१

अमेरिकी डलर र युरोको विनिमयदर घट्यो

मेरोन्यूज २०७८ साउन २१ गते १०:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर सस्तो भई १ को खरिददर १ सय १८ रुपैयाँ ४० पैसा रहेको छ । यस्तै विक्रिदर १ सय १९ रुपैयाँ कायम छ ।

अमेरिकी डलरसँगै युरोपियन युरोको पनि केही घटेको छ । १ युरोपियन युरोको खरिदर १ सय ४० रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रिदर १ युरोको १ सय ४१ रुपैयाँ ९ पैसा रहेको छ ।

युके पाउण्ड स्ट्रलिङमा केही वृद्धि भएको छ । युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ६४ रुपैयाँ ९४ पैसा कायम छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ७७ पैसा रहेको छ ।

क्यानेडियन डलर पनि घटेर १ को खरिददर ९४ रुपैयाँ ४६ पैसा छ भने बिक्रिदर ९४ रुपैयाँ ९४ पैसा कायम छ । यसैगरि सिंगापुर डलर १ को खरिदर ८७ रुपैयाँ ७५पैसा छ भने बिक्रिदर ८८ रुपैयाँ १९ पैसा छ ।

जापानिज यन १० को खरिददर १० रुपैयाँ ८४ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ९० पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै चाइनिज युआन १ को खरिददर १८ रुपैयाँ ३२ पैसा बिक्रिदर १८ रुपैयाँ ४२ पैसा छ । साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ५७ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ७३ पैसा कायम छ ।

कतारी रियाल पनि घटेर १ को खरिददर ३२ रुपैयाँ ५२ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ६८ पैसा छ ।

संयुक्त अरब इमिरेट्स युएई दिराम १ को खरिददर ३२ रुपैयाँ २३ पैसा बिक्रिदर ३२ रुपैयाँ ४० पैसा कायम रहेको छ । मलेसियन रिंगिट पनि घटेर १ को खरिददर २८ रुपैयाँ ४ पैसा बिक्रिदर २८ रुपैयाँ १९ पैसा कायम छ ।

यसैगरी दक्षिण कोरियन वान १०० को खरिददर १० रुपैयाँ ३६ पैसा बिक्रिदर १० रुपैयाँ ४१ पैसा रहेको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया